Trending Tags

राजनीति

    Showing ८१-९० of ३,२४८ items.
  • इटहरीका मेयर द्वारिकलाल चौधरीलाई भेट्न घरमै किन पुगे माधव कुमार नेपाल ?

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको घरमा पुगेका छन् ।  मेयर चौधरीको घरमा शुक्रबार बिहान  अध्यक्ष नेपाल तथा  मुख्यमन्त्री राजेन्द्र राई पुगेका हुन् । उक्त भेटको जानकारीसहित नेकपा एकीकृत समाजवादी इटहरी नामक फेसबुक आइडीमा  नेकपा एमाले  नेता  मेयर चौधरी, वडाध्यक्ष चन्द्र भट्टराईसँगै धेरै जनप्रतिनिधिहरू पार्टी प्रवेश गर्न लागेको भन्दै एक पोस्ट आएपछि  चौधरी नेकपा एसमा प्रवेश गरेकाे इटहरी हल्ला चलेकाे छ । यस अघि एकीकृत समाजवादीका १  नम्बर प्रदेश अध्यक्ष एवम् उदयपुर त्रियुगा नगरपालिका

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • १,०७१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पार्टी प्रवेशको लहर देखेर केही आत्तिए: माधव नेपाल

    धरान । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर देखेर कतिपय मानिस आत्तिएको बताएका छन् । मोरङको विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्नेक्रममा उनले देशैभरिबाट समाजवादीमा प्रवेश गर्नेको लहर चलेको बताए । उनले केपी शर्मा ओलीलाई ठेगान लाइराख्नुपर्ने अवस्था नआएको बताए । उनले भने, ‘उहाँ आफै ठेगान लागिसक्नु भएको छ ।’उनले हाल न्यायालयमा देखिएको विवादलाई सामाधान गर्न गठबन्धनका तर्फबाट प्रधानमन्त्री आफै लागेको बताए । उनले एमालेलाई खोज्नुपर्ने अवस्था आउने समेत दाबी गरे । सुनसरीको वराहक्षेत्रमा हुन लागेको कार्यक्रममा सहभागी हुनका लागि

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • ८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • दश बुँदे कार्यान्वयनमा समस्या छैनः महासचिव पोखरेल

    नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको बताए ।   “१० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको छ”, उनले भने; “कहीकतै समस्या भए त्यसलाई पार्टीले समाधान गर्छ ।” महाधिवेशनमा आफ्नो उम्मेदवारीको विषयमा टुङ्गो लागि नसकेको महासचिव पोखरेलले बताए । वरिष्ठ उपाध्यक्षमा तपाईको उम्मेदवारी हो भन्ने पत्रकारको जिज्ञासामा उनले भने; “सल्लाह हुन बाँकी नै छ ।” नेकपा एमालेको १०औँ महाधिवेशनको तयारीको अवस्था बुझ्न पोखरेलसँगै महाधि

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • ८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नेपाल बारका कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी

    धरान । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदच्यूत गर्नुपर्ने नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आवाज उठाएका छन् । आज (बिहीबार)को विरोध प्रदर्शनका क्रममा प्रहरीसँग घम्साघम्सी परेपश्चात् अध्यक्ष श्रेष्ठले पदच्यूत गर्नुपर्ने आवाज उठाएका हुन् । दुई सातादेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आइरहेका छन् । सर्वोच्च अदालत परिसरमा धर्नामा रहेका एसोसिएसनमा आवद्ध कानून व्यवसायी र प्रहरीबीच आज घम्साघम्सी भएको थियो । न्यायालय सुधारका लागि अहिलेको उत्तम विकल्प नै प्रधानन्यायाधीशको राजीनामा रहेको बताए । उनले न्यायालयमा बढेको भ्रष्टाचारको मुख्य जड नै प्रधानन्यायाधीश जबरा रहेको उनक

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • ९३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एमालेको नेतृत्व चयन सहमतिमैः सचिव ज्ञावली

    नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञावलीले एमालेको १०औँ महाधिवेशनले  सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताएका हुन् । सचिव ज्ञावलीले भने, “अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ । केन्द्रीय सदस्यमा धेरै साथीहरू आकाङ्क्षी भएकाले मतदान हुन्छ ।” केन्द्रीय सदस्य र अन्य कुनै एक/दुई पदबाहेक अन्य पद सर्वसम्मतमै टुङ्गिने उनको भनाइ थियो । महाधिवेशनका लागि तयारी तीव्र पारिएकाले आज केन्द्रीय पदाधिकारी महाधिवेशन उद्घाटनस्थल र बन्द सत्रस्थलसमेत अनुगमन गर्न आएको सचिव ज्ञवालीले जानकारी दिए । महाधिवेशनका लागि प्र

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • ९१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धर्मराज निरौला मागे माफी

    सुनसरी इन्चार्ज तथा केन्द्रीय सदस्य धर्मराज निरौलाले विभिन्न समयमा नेताहरूलाई लगाएको आरोप प्रति क्षमा मागेका छन् ।आज इनरुवास्थित ओसाई पार्टी प्यालेसमा बसेको सुनसरी जिल्ला कमिटीको पूर्ण बैठकमा बेल्ने क्रममा उनले पार्टी दुई चिरा भएको समयमा केन्द्रीय सदस्य जगदीश कुसियत र धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु  भण्डारीलाई  लगाएको आरोपप्रति माफी मागेका हुन् । २०७५ जेठ २ अघिको कमिटीको समर्थनमा रहेका निरौलाले संस्थापना पक्षधर  भण्डारी र कुसियतलाई पार्टी दुई चिरा भएको समयमा एक अर्काप्रति आरोप प्रत्याराेप हुँदा आफूले बोलेको कुरा प्रति माफी मागेको

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • ४५६ पटक पढिएको
    • डम्बर कार्की
  • औपचारिक रुपमा मिल्यो सुनसरी एमाले, पूर्ण बैठकबाट जिल्ला अध्यक्षको घोषणा

    इनरुवा । समानान्तर कमिटीको विषयले बिभाजित बन्न पुगेको एमाले सुनसरी आजबाट भने औपचारिक रुपमा एक भएको छ । संस्थापना  र जेठ २ अघिकाे कमिटीकमा पक्षमा उभिएका नेताहरुले आफु पायक गठित समानान्तर कमिटी खारेज गरेसँगै एमाले सुनसरीको विवाद समाधान भएको हो । सोही बमोजिम इनरुवामा आयोजित पार्टीको पूर्ण बैठकले जिल्ला पार्टी कमिटी एक भएको घोषणा गरेको छ । नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको पूर्ण बैठकबाट त्यस्तो घोषणा गरिएको हो ।पूर्ण बैठकले जिल्ला कमिटी एक हुनुका साथै नयाँ कमिटी गठन भएको घोषणा गरेको छ । कार्यक्रमका बिच औपचारिक रुपमा गठित जिल्ला कमिटीका पदाधिकारीहरुको नामावली समेत सार्वजनिक गरि

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • ३२१ पटक पढिएको
    • अमर काफ्ले
  • सुनसरी एमाले बैठक: अवैधानिक भन्दै द्वारिकलाल चौधरीले खोसे माइक, धरानबाट बिद्रोह !

    नेकपा एमाले सुनसरी जिल्ला कमिटीमा विवाद थप चुलिँदै गएको छ ।अधिवेशन अघि दुईवटै कमिटीलाई एकै ठाउँमा ल्याउन गरिएको पछिल्लो प्रयासले पनि विवाद समाधान गर्न सकेको छैन । जसको परिणाम स्वरूप आज इनरुवास्थित ओसाई पार्टी प्यालेसमा बसेको बैठकमा माइक खोसाखोस भएको छ । जेठ २ अघिको कमिटीका अध्यक्ष  रमेश बस्नेत र केन्द्रीय नेतृत्वले चयन गरेका अध्यक्ष  रेवतीरमण भण्डारी पक्षको कमिटी बिच विवाद समाधान नभएपछि मंगलबार नेताहरू बिच दुई कमिटीको संयुक्त बैठक गर्ने र तेस्रो व्यक्तिलाई जिल्ला अधिवेशन आयोजक अध्यक्ष बनाउने सहमति भएको थियो । उक्त बैठकले  दुवै समूहको सहमतिका साथ प्रदेश सदस्य

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • ५८९ पटक पढिएको
    • डम्बर कार्की
  • न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्छ: नेता सिंह

    नेपाली कांगेसका नेता प्रकाशमान सिंहले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताएका छन् । गणेशमान सिंह फाउन्डेसनले कांग्रेसका संस्थापक नेता एवम् लौहपुरुष गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा आज शोभाभगवतीमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा उनले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताएका हुन् । “सरकार जनताको अभिभावक हो, जनतासँग प्रत्यक्ष जोडिएको समस्या समाधानका लागि सरकारले पहल थाल्नुपर्छ”, नेता सिंहले भने । उनले कांग्रेसले आगामी निर्वाचनमा कुनै दलसँग चुनावी गठबन्धन गर्न नहुने उल्लेख गरे । नेता सिंहले दुई/दुईपट

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • ९४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मन्त्रिमण्डलमा दलितको प्रतिनिधित्व गराउन माग

    विजयपुर/प्रदेश १ मा तेस्रो पटक मन्त्रिमण्डल गठन हुँदा पनि दलितको प्रतिनिधित्व नभएपछि दलित समुदायको प्रतिनिधित्व गराउन दलित सङ्घसंस्थाले माग गरेका छन् ।संविधानमा नै समानुपातिक सहभागिता गराउनु पर्ने व्यवस्था भए पनि तेस्रो पटकसम्म मन्त्रीमण्डल गठन हुँदा दलितलाई प्रतिनिधित्व नगराएपछि दलितको प्रतिनिधित्व गराउन माग गरेका हुन् । सोमबार दलित मुक्ति मोर्चाका प्रदेश पदाधिकारी तथा पूर्व केन्द्रीय सदस्यहरुको उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाएको संविधानसभा सदस्य अनिता परियारले जानकारी दिइन् । उनका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रीसेमत रहेका.संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई ध्यानाकर्षण पत्र बुझाइए

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • १९६ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved