Trending Tags

राजनीति

    Showing ७१-८० of ३,९१२ items.
  • गापा अध्यक्षका छोराद्वारा गाडी तोडफोड

    विराटनगर । मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोराले गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । अध्यक्षका छोरा ज्योति गच्छदारले गाउँपालिकाको कार्यालयमै पुगेर प्रदेश–१–को.१ प ५७८ नम्बरको गाडी तोडफोड गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । काङ्ग्रेसबाट निर्वाचित आफ्ना बुबाले गाउँपालिकाको जिम्मेवारी बाँडफाँड गर्दा एमालेका जनप्रतिनिधिलाई स्थान दिएको भन्दै आक्रोसित बनेका ज्योतिले बुबाले चढ्दै आएको गाडी तोडफोड गरेको स्थानीयको भनाइ छ । मङ्गलबार साँझ भित्र कार्यपालिका बैठक चलिरहेको बेला उनले बाहिर पार्किङमा राखेको गाडी तोडफोड गरेको स्थानीयको भनाइ छ । बजेट निर्माणलगायत विभिन्न समिति बन

    • प्रकाशित मितिः असार ९, २०७९
    • १८७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • विद्यार्थीको बिमा रकमबारे ४८ घण्टे अल्टिमेटम

    विजयपुर/विद्यार्थीको बिमाबापतको रकमका विषयमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन महेन्द्र इकाई समितिले स्पष्टीकरण माग गरेको छ ।सोमबार इकाई अध्यक्ष शेखर रेग्मीले विज्ञप्ति जारी गर्दै ४ बुँदे स्पष्टीकरण माग गरेका छन् । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको बिमाबापत ५ सय रुपैयाँका दरले लिने शुल्क स्वास्थ्य संस्थासँगको सम्झौता रद्द भएसँगै शुल्कका विषयमा विश्वविद्यालयसँग प्रश्न उठाएको हो । त्रिवि प्रशासनले नजिकैको सरकारी अस्पताल वा स्वास्थ्य संस्थासँग समन्वय गरी विद्यार्थीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने भन्ने उल्लेख छ । ५ सय रुपैयाँका दरले ५७ लाख ८९ हजार रुपैयाँ रकम के हुने भन्दै विज्ञप

    • प्रकाशित मितिः असार ७, २०७९
    • १३४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन

    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका सांसदले मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई स्पष्ट पार्नुपर्ने र यसबारेमा सरकारलाई निर्देशन दिन अध्यक्ष तिमिल्सिनाको ध्यानाकर्षण गराएका थिए । अध्यक्ष तिमिल्सिनाले मूल्यवृद्धिका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै अर्को बैठकमा सम्बन्धित मन्त्रीलाई जवाफ दिन निर्देशन गरे । “राष्ट्रियसभाको बैठकमा मूल्यवृद्धिजस्तो गम्भीर जनसरोकारका विषय उठिरहेको छ । आज पनि उनिहरुले यो

    • प्रकाशित मितिः असार ७, २०७९
    • १७३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो

    प्रतिनिधिसभाको आजको बैठकमा सांसदले शून्य समयमा उठाएका समस्याको कार्यान्वयन नभएको गुनासो गरेका छन् । बैठकमा सांसद गोपालबहादुर बमले चार वर्षदेखि जिल्लाका समस्याबारे कुरा उठाए पनि कुनै समस्या सुनुवाइ नभएको बताए । “ठूला नेताले शून्य समयमा बोलेका कुरा कार्यान्वयन भए/नभएको थाहाँ छैन । म चार वर्षदेखि आफ्नो दुर्गम र हिमाली जिल्लाको सिँचाइ, सडक, खानेपानी, कारागार, विद्युत्लगायतका बारेका समस्या शून्य समयमा भन्दै आएको छु तर  कुनै पनि कार्यान्वयन भएको छैन”, उनले भने, “शून्य समय सांसदले भनिराख्ने र सभामुखले सुनिराख्ने हो कि सरकार, सम्बन्धित मन्त्री र निकायले सुनेर कार्यान्वयन गर्ने हो ?”उनले शून्

    • प्रकाशित मितिः असार ३, २०७९
    • १६० पटक पढिएको
    • ब्लाष्ट खबर
  • ‘काङ्ग्रेसले साथ दिए आधा घण्टामै प्रदेशको नामकरण’

    विराटनगर । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यकालमा प्रदेशको नाम टुङ्गो लगाउन नसक्दा अपसोच लागेको बताएका छन् । विराटनगरमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एमाले)का नेता राईले आफ्नो कार्यकालमा प्रदेशको नाम टुङ्गो लगाउन नसक्दा अपसोच रहेको बताएका हुन् । उनले यही अधिवेशनबाट प्रदेशले नाम पाउने बताए । प्रदेशको नामकरणको विषयमा केही दिनमा निष्कर्षमा पुग्ने बताउँदै उनले नेकपा (एमाले)भित्र केही समस्या नरहेको उनको भनाइ छ । ‘एकपटक पार्टीभित्र छलफल गरेर धारणा तयार गर्ने र नेपाली काङ्ग्रेसलगायतका दलसँग संवाद चलिरहेको छ’ उनले भने, ‘केही दिनभित्रमा साझा धारणा तयार हुनेछ

    • प्रकाशित मितिः असार ३, २०७९
    • २०९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • गठबन्धनको तर्फबाट विजयी जन प्रतिनिधिहरू लाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

    धनकुटा ।  सहिद भूमि गाउँपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित जन प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सहिद भूमिको पिप्ले बजारमा मंगलवार सम्पन्न भएको छ ।नेपाल शिक्षक संघ सहिद भूमि गाउँ कार्यसमितिको आयोजनामा बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि १ नं प्रदेश शिक्षक संघका अर्थ महासचिव राम कुमारी भण्डारीले गठबन्धनको तर्फबाट विजयी हुनु हुनेहरूलाई बधाई दिए । उनले जनसेवाको रूपमा काम गरी नयाँ र फरकपन प्रदान गरेर काम गरी कार्यकाल सफल बनाउन समेत शुभकामना व्यक्त गरे । नेपाली काँग्रेस सहिद भूमिका सभापति टंक राईले संयुक्त लोकतान्त्रिक गठबन्धन भन

    • प्रकाशित मितिः असार २, २०७९
    • २६५ पटक पढिएको
    • सन्तवीर लामा
  • प्रमुख प्रतिपक्ष दल नेकपा एमालेद्वारा संसद बहिस्कार

     अनाधिकृत व्यक्ति मन्त्रलय छिरेर बजेट निर्माणकाे क्रममा संलग्न भइ करकाे दर रेट घटाएकाे भन्ने विषयकाे छाविनकाे माग गरिरहेकाे प्रमुख प्रतिपक्ष दल  नेकपा एमालेले संसद बहिस्कार गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दश शर्माले विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको थियो । अर्थमन्त्रीले जवाफ अनावश्यक रहेको र बजेट निर्माण अनधिकृत व्यक्तिको हस्तक्षेपबारे छानबिन नभएको भन्दै एमालेले संसद बहिस्कार गरेको हो । एमाले प्रमुख सचेतक विशाल भट्टराईले उकत दिनकाे सीसी टिभी फुटेज सार्वजनिक गर्न माग गर्दै संसदिय छावीन समिति बनाएर छाविन गर्न माग गरेकाेमा त्

    • प्रकाशित मितिः असार २, २०७९
    • १८५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सबै ठूला सहरमा वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने

     काठमाडौँ उपत्यकालगायत देशभरका ठूला सहरहरुमा स्रोतमा नै वर्गीकरण गरेर मात्रै फोहर विसर्जन गरिने भएको छ । सहरी विकास मन्त्रालयले यसो गर्दा ८० प्रतिशत फोहर स्रोतमा नै व्यवस्थित हुने भन्दै नगरपालिकाहरुसँगको सहकार्यमा यसलाई अघि बढाउन लागेको हो । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत आफ्नो मन्त्रालयमाथि उठेका जिज्ञासाको जवाफ दिँदै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ठूला सहरहरुमा फोहरमैला व्यवस्थापन समस्याका रुपमा रहेको बताए । व्यक्तिले फोहर गरेपछि त्यसको विसर्जन पनि सम्बन्धितकै पैसाबाट गर्ने भएपछि स्रोतमा वर्गीकरण हुने उनले बताए । फोहरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय

    • प्रकाशित मितिः असार १, २०७९
    • १८६ पटक पढिएको
    • रासस
  • एसपीपीबारे प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्छः नेका सांसद थापा

    नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अमेरिकाले प्रस्ताव गरेको भनिएको स्टेट पार्टनरसिप प्रोगग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनलाई स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर बोल्दै उनले केहीदिनदेखि संसद्को बैठक र संसदीय समितिमा सांसदहरुले उक्त विषय बारम्बार उठाइरहेको भन्दै प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्ने बताए ।नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद थापाले रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले लिएकाले यो विषयमा प्रधानमन्त्रीले नै सदनलाई जवाफ दिनुपर्ने धारणा राखे । उनले भने, “संसद्मा यत्तिको प्रश्न उठिसक्यो रक्षाम

    • प्रकाशित मितिः असार १, २०७९
    • २३० पटक पढिएको
    • ब्लाष्ट खबर
  • जिसस मोरङमा एमालेको प्यानलै निर्वाचित

    विराटनगर । जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानलै निर्वाचित भएको छ ।जिसस मोरङको मङ्गलबार भएको निर्वाचनमा एमालेको प्यानलै निर्वाचित भएको हो । मोरङमा एमालेको बहुमत रहेको छ । जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा (एमाले)का अजम्बर राई र उपप्रमुखमा उषा झा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । एमालेका प्रमुखका उम्मेदवार राईले २१ मत ल्याएर निर्वाचित रहँदा नेपाली काङ्ग्रेसबाट प्रमुखका उम्मेदवार जितेन्द्र अग्रवालले १३ मत मात्र प्राप्त गरे । उपप्रमुखमा एमालेकी उषा झाले २१ मत ल्याएर निर्वाचित हुँदा काङ्ग्रेसकी निलमकुमारी सरदारले १

    • प्रकाशित मितिः असार १, २०७९
    • ३२१ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved