पूर्व

    Showing ८१-९० of ९,२८८ items.
  • विराटनगर जेसीजको अध्यक्षमा बजगाई

    विराटनगर / जेसीज विराटनगरको अध्यक्षमा सेवक बजगाई निर्वाचित भएका छन् । बजगाई वर्ष २०१९ को लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।  विराटनरस्थित एजेलिया बोर्डिङ स्कूलका प्रिन्सिपल तथा प्याब्सनमा समेत आवद्ध रहेका बजगाई जेसिजको विभिन्न पदमा रहेका थिए । विराटनगर जेसीजको वरिष्ठ कार्यकारी उपाध्यक्षमा उज्जवल खरेल, कार्यकारी उपाध्यक्षमा विकास रौनियार, राजन पराजुली, उपाध्यक्षमा अविनाश थापा, विज्ञान बस्नेत, जीवन पराजुली, केशव बस्नेत रहेका छन् । त्यस्तै जनसम्पर्क अधिकारी मन्दिप ओझा रहेका छन् । शनिबार जेसीज भवनमा भएको निर्वाचनबाट उनीहरू सर्वसम्मत निर्वाचत भएको निर्वाचन आयुक्त श्यामसुन्दर मिलन प

    • प्रकाशित मितिः मंसिर ८, २०७५
    • २७० पटक पढिएको
    • अनिल श्रेष्ठ
  • भोजपुरमा बसपार्कको लगानी बालुवामा पानी

      भोजपुर । निर्माणाधीन भोजपुर बसपार्क अलपत्र बन्दा लाखाँैको लगानी बालुवामा पानी जस्तै भएको छ । पाँच वर्ष अगाडि भोजपुर सदरमुकाम नजिकै निर्माण थालिएको उक्त बसपार्क अलपत्र बनेको हो । भोजपुर नगरपालिका–७ मा निर्माण थालिएको बसपार्कलाई निरन्तरता नदिँइदा सम्याएको ठाउँ पनि पानीले छियाछिया बनाएको छ भने ठाउँठाउँमा लगाएको पर्खालसमेत भत्किएका छन् । त्यस्तै शौचालय तथा अन्य संरचना पनि जीर्ण बनेका छन् । अहिले निर्माणस्थल झाडीमा परिणत भएको छ भने थोरै रहेको खाली ठाउँमा पनि सामग्री भण्डार गर्ने स्थल बनेको छ तर स्थानीय तहका जनप्रतिनिधि भने निर्माण कार्यलाई कस्ले निरन्तरण दिने भन्ने विषयमा अलमलम

    • प्रकाशित मितिः मंसिर ८, २०७५
    • ५६८ पटक पढिएको
    • ब्लाष्टखबर
  • खैरो हेरोइनसहित २ जना पक्राउ

     ताप्लेजुङ / खैरो हेरोइनसहित ७ जना पक्राउ परेको १ दिन नबित्दै ताप्लेजुङ प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । फुङलिङ बजारमा लुकिछिपी कारोबार गरिरहेको अवस्थामा विहिबार २३० मि.ग्रा. खैरो हेरोइनसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख लक्ष्मणबहादुर थापामगरले बताए । प्रहरीले मंसिर ५ गते पनि खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको थियो ।

    • प्रकाशित मितिः मंसिर ७, २०७५
    • ४८८ पटक पढिएको
    • बसन्त लिम्बू
  • यसरी भित्रन्छ अवैध हतियार नेपालमाः एक सातामा पाँच पक्राउ

    विराटनगर/ भारतबाट अवैध रुपमा नेपाल पेस्तोल भित्रयाउने धन्दामा लागेका २ जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले विराटनगरको कोशी प्रोजेक्टबाट अवैध रुपमा नेपालमा ल्याएर भनेको ठाउँमा पेस्तोल पु¥याउने गिरोहलाई पक्राउ गरेका हुन । प्रहरीले उदयपुर घर भएका मन्दिप तामाङ्ग र सुनसरीको खनारका सुशिल साहलाई पक्राउ गरेको हो । प्रहरीले मन्दिपको साथबाट ‘मेडिइन युएसऐ’ नाम लेखेको पेस्तोल र त्यसमा लाग्ने केही गोलीसमेत बरामद गरेको छ । उनलाई पक्राउ गरेपछि अवैध रुपमा भारतबाट नेपाल पेस्तोल भित्रयाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले मन्दिपलाई पक्राउ गरेपछि सुशिललाई पक्

    • प्रकाशित मितिः मंसिर ७, २०७५
    • ६७९ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • धरानमा महिला हिंसा विरूद्धको अभियान चलाईने

    विजयपुर / महिला सञ्जाल धरान उपमहानर समितिको आयोजना तथा इलाका प्रहरी कार्यालयको समन्वयमा मंसिर ९ गतेदेखि २४ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी महिला हिंसा विरुद्धको १६ दिने अभियान संचालन गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयाजना गरी सञ्जाले जानकारी दिएको छ । ‘लैंगिक हिंसा अन्त्यका लागि सबै जुटौ कोही नछुटौ’ मूल नाराका साथ आयोजना हुन लागेको १६ दिने अभियान अन्तर्गत मंसिर ९ गते महिला हिंसा विरुद्ध १६ दिने अभियानको सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा विधिवत रुपमा उद्घाटन गरिने महिला संञ्जाल धरानकी अध्यक्ष सविता राईल बताइन् । उनका अनुसार ९ गते उद्घाटनपश्चात मंसिर १० देखि २३

    • प्रकाशित मितिः मंसिर ७, २०७५
    • ५३० पटक पढिएको
    • गोविन्द बस्नेत
  • सिरहामा भूतमेला:तन्त्रमन्त्र गर्ने धामी झाँक्रीहरुको घुइचो(भिडियाेसहित)

    सिरहा / सिरहामा बिहानैदेखि उत्तवाहनी नदीको दृश्य रोमाञ्चक बनेको छ । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै थिए । सिरहा र धनुषा जिल्ला सिमानामा अवस्थित उत्तवाहनी र कमला नदीमा धामीझाँक्री र भूतप्रेतबाट पीडितहरुको घुइँचो लागेको छ । उनीहरुले नै भय उत्पन्न हुने गरी कर्कश स्वरमा चिच्याउँदै थिए । सिरहा र धनुषाकेो सिमाना भएर वग्ने कमला नदीमा सूर्योदयसँगै दशौ हजार नव धामीझाँक्रीहरुपवित्र जलमा डुबुल्की लगाए । करिब ३५ हजारभन्दा बढी स्त्री पुरुष पाँच किलोमिटरको दुवैतिरको नदीका किनारमा भगता (देउता खेल्न) खेलिरहेका थिए भने प्रत्येक भगतासँग रहे

    • प्रकाशित मितिः मंसिर ७, २०७५
    • ५८० पटक पढिएको
    • गणेशकुमार ठाकुर
  • दुर्घटनामा एकको मृत्यु

    धनकुटा । धनकुटा नगरपालिका २ भीरगाउँमा बिहिबार राति पीकअप भेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीरगाउँबाट तरकारी बोकेर हिलेतर्फ आउँदै गरेको को १ ज १६५४ नं.को पिकअप भ्यान राति ९ बजे सडकबाट करिब डेढ सय मीटर तल झर्दा चालक धनकुटा नगरपािलका  २ भिरगाउँका ४२ बर्षिय प्रेमबहादुर तामाङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सहचालक फत्तेबहादुर तामाङ घाइते भएका छन् । उनको हिलेमा उपचार भइरहेको छ । मृतक तामाङको शुक्रबार पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः मंसिर ७, २०७५
    • ४०५ पटक पढिएको
    • सन्तवीर लामा
  • मिक्लाजुङको सिमाना विबाद सामधानका लागि समिति गठन

    मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका र उर्लाबारी नगरपालिका बिचमा देखीएको सिमाना बिवाद सामधानका लागि मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलको सदस्यहरूमा उपाध्यक्ष सरला राई, वडा नं. ९ का वडाध्यक्ष सोमनाथ अधिकारी, नेपाली कांग्रेसका सभापती सेमन्तराज दाहाल, नेकपाबाट नरेन्द्रप्रसाद ढुङ्गेल, राप्रपाबाट भुपेन्द्र कार्की र लिम्बुवानबाट रामचन्द्र थापामगर छन् । उर्लाबारी र मिक्लाजुङको सीमाना विवाद केही समय अघिदेखि शुरु भएको हो । उर्लाबारी–१ र मिक्लाजुङ–९ को सीमा नजिकै रहेको नर्सरी उर्लाबारी–१ ले खेल मैदानका लागि कटान गरेपछि

    • प्रकाशित मितिः मंसिर ७, २०७५
    • ४७० पटक पढिएको
    • केशव खड्का
  • पूर्वगाविस अध्यक्षको कर्तुत

    लहान/आफू गाविस अध्यक्ष रहेको बेला लहान–ठाडी सडक खण्डको सखुवानानकरकट्टीको मुख्य बजारको जग्गा पूर्व गाविस अध्यक्षले पत्नीको नाममा नामसारी गराएको खुलेको छ । २०५४ सालमा सखुवानानकरकट्टी गाविस अध्यक्ष बनेका खुशीलाल यादवले सखुवानानकरकट्टीको खयरबोना बजारको १९ कठ्ठा १४ धुर जग्गा आफ्नो पत्नी सुशिलादेवीको नाममा नामसारी गरेका हुन् । उनले तात्कालीन समयमा सुकुम्बासी समस्या समाधान आयोगका जिल्ला अध्यक्षसँग मिलेमतो गरी २०५८ असार १९ गते नामसारी गरेको कागज फेला परेको छ । लहान–ठाडी सडक खण्डको मुख्य सडकमा पर्ने उक्त जग्गामा हाटबजारको निम्ति भौतिक पुर्वाधार बनाउने क्रममा गाउँपालिकाको कार्यालयले जग्गाक

    • प्रकाशित मितिः मंसिर ७, २०७५
    • ७३८ पटक पढिएको
    • एम महतो
  • विदेश पठाउने भन्दै करिब २ कराेड ठगी धन्दा

    मधुमल्ला/ वैदेशिक रोजगारीमा आर्कषक पारिश्रमिक सहित टर्की पठाउँछु भन्द्रै झापा, मोरङ, इलाम, सुनसरी, उदयपुरका ६० युवा ठगीएका छन् । सुनसरी मधुमवनका राजन गुरुङ र इलाम नयाँबजारका रणबहादुर गुरुङले आफुले टर्की पाठउने र टर्कीमा अर्कषक तलब पाइने आस्वसन देखाउँदै ती युवाहरुसँग जनही दुई लाख ५० हाजार देखी ३ लाख सम्म रकम लिएको पिडत मध्येका मोरङ मधुमल्लाका कमल मिश्रले बताए । यसरी ठगीमा पर्नेहरुमा खेम बस्नेत, नगेन्द्र कुमार कुँवर, रोहन साहा, दिपेन राई,मोरङ मधुमल्लाका, रमेश कार्की पाँचथर, हरी पुढाथोकी उदयपुर, याम दाहाल, चन्द्र दाहाल इलाम लगायतका ६० बढी युवा ठगिमा परेको इलामका चन्द्र दाहालले बताए । विदेश लै

    • प्रकाशित मितिः मंसिर ७, २०७५
    • ६०५ पटक पढिएको
    • केशब खड्का

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved