धनकुटा । धनकुटा नगरपालिका २ भीरगाउँमा बिहिबार राति पीकअप भेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भीरगाउँबाट तरकारी बोकेर हिलेतर्फ आउँदै गरेको को १ ज १६५४ नं.को पिकअप भ्यान राति ९ बजे सडकबाट करिब डेढ सय मीटर तल झर्दा चालक धनकुटा नगरपािलका  २ भिरगाउँका ४२ बर्षिय प्रेमबहादुर तामाङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सहचालक फत्तेबहादुर तामाङ घाइते भएका छन् । उनको हिलेमा उपचार भइरहेको छ । मृतक तामाङको शुक्रबार पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।