विजयपुर / महिला सञ्जाल धरान उपमहानर समितिको आयोजना तथा इलाका प्रहरी कार्यालयको समन्वयमा मंसिर ९ गतेदेखि २४ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी महिला हिंसा विरुद्धको १६ दिने अभियान संचालन गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयाजना गरी सञ्जाले जानकारी दिएको छ । ‘लैंगिक हिंसा अन्त्यका लागि सबै जुटौ कोही नछुटौ’ मूल नाराका साथ आयोजना हुन लागेको १६ दिने अभियान अन्तर्गत मंसिर ९ गते महिला हिंसा विरुद्ध १६ दिने अभियानको सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा विधिवत रुपमा उद्घाटन गरिने महिला संञ्जाल धरानकी अध्यक्ष सविता राईल बताइन् । उनका अनुसार ९ गते उद्घाटनपश्चात मंसिर १० देखि २३ गतेसम्म धरानका २० वटै वडाका १ सय ५२ टोल विकास समितिसंग महिला हिंसा न्यूनिकरण लागि गरिएका प्रयासका विषयमा अन्तरक्रिया, मंसिर ११ देखि १७ गतसम्म धरानको निकेतन, पब्लिक, सदन, ज्ञानोदय,, सियान र विष्णु माविमा इलाका प्रहरी कार्यालय धरान र महिला सञ्जालको लागू औषध तथा यौन दुव्र्यवहार विरुद्ध प्रतिकार अणुशिक्षण कार्यक्रमका आयोजना गरिने भएको छ । आर्थिक सहयोग धरान उपमहानगरपालिकाले गर्ने भएको छ ।
यस्तै मंसिर १५ गते दिउसो दुई बजेदेखि ४ बजेसम्म समर्पण अभियान नामक संंस्थासंग मिलेर चिया विक्री गरिने र विक्री भएका चियाबाट उठेको रकम बृद्धबृद्धालाई जाडोका न्यानो कपडा वितरण गरिने, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, महिला सञ्जाल तथा अधिवक्तालगायत सञ्चारकर्मी सम्मिलित महिला हिंसा विरुद्ध अन्तरवंवाद गर्दं मंसिर २४ गते सुनसरी उद्योग वाणिज्य सघंको सभाहलमा कार्यक्रमका समापन गरिने भएको छ ।
यसपटकको कार्यक्रमा महिला तथा बालिका माथि हुने हिंसा, लागु औषध विरुद्ध समुदाय तथा विद्यालय स्तर जनचेतनामूलक कार्यक्रममा केन्द्रित रहने महिला सञ्जालकी सचिव कोपिला भट्टराईले जानकारी दिईन ।
कहिलेदेखि शुरु भयो अभियान
यो अभियान १९ बर्ष अगाडिदेखि चलाउन थालिएको हो । डोमिनिकन रिपब्लिकको निरकुंश र अत्याचारी शासनकोे विरुद्धमा आवाज उठाउन दुई महिला रिवल र पेट्रिकाको निरकुंश सरकारले सन १९६० मा हत्या गरेको थियो । संयुक्त राष्ट्र संघको साधाण महासभाले सन् १९९९ मा ती हत्या गरिएका मिरावल र पेट्रिकाको स्मृतिालार्इ जीवन्तता राख्न महिला हिंसा विरुद्धका अभियान शुरु गर्रिएसंग भनाई छ । यसै मान्यत अनुसार यो अभियानलाई अन्तर्राष्ट्रिय जगतमा मात्र हैन नेपालमा पनि चलाउन थालिएको हो ।
































