विराटनगर / जेसीज विराटनगरको अध्यक्षमा सेवक बजगाई निर्वाचित भएका छन् । बजगाई वर्ष २०१९ को लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।  विराटनरस्थित एजेलिया बोर्डिङ स्कूलका प्रिन्सिपल तथा प्याब्सनमा समेत आवद्ध रहेका बजगाई जेसिजको विभिन्न पदमा रहेका थिए । विराटनगर जेसीजको वरिष्ठ कार्यकारी उपाध्यक्षमा उज्जवल खरेल, कार्यकारी उपाध्यक्षमा विकास रौनियार, राजन पराजुली, उपाध्यक्षमा अविनाश थापा, विज्ञान बस्नेत, जीवन पराजुली, केशव बस्नेत रहेका छन् । त्यस्तै जनसम्पर्क अधिकारी मन्दिप ओझा रहेका छन् । शनिबार जेसीज भवनमा भएको निर्वाचनबाट उनीहरू सर्वसम्मत निर्वाचत भएको निर्वाचन आयुक्त श्यामसुन्दर मिलन पौडेलले जानकारी दिए ।