लहान/आफू गाविस अध्यक्ष रहेको बेला लहान–ठाडी सडक खण्डको सखुवानानकरकट्टीको मुख्य बजारको जग्गा पूर्व गाविस अध्यक्षले पत्नीको नाममा नामसारी गराएको खुलेको छ ।

२०५४ सालमा सखुवानानकरकट्टी गाविस अध्यक्ष बनेका खुशीलाल यादवले सखुवानानकरकट्टीको खयरबोना बजारको १९ कठ्ठा १४ धुर जग्गा आफ्नो पत्नी सुशिलादेवीको नाममा नामसारी गरेका हुन् । उनले तात्कालीन समयमा सुकुम्बासी समस्या समाधान आयोगका जिल्ला अध्यक्षसँग मिलेमतो गरी २०५८ असार १९ गते नामसारी गरेको कागज फेला परेको छ ।

लहान–ठाडी सडक खण्डको मुख्य सडकमा पर्ने उक्त जग्गामा हाटबजारको निम्ति भौतिक पुर्वाधार बनाउने क्रममा गाउँपालिकाको कार्यालयले जग्गाको कागजात खोज्न थालेपछि पूर्वगाविस अध्यक्ष खुसीलालको कर्तुत बाहिर आएको हो ।

सुशिलादेवीको नाममा नामसारी हुनुभन्दा पहिले उक्त जग्गामा निर्माण भएको स्वास्थ्य चौकी तथा प्राथमिक विद्यालय अहिले पनि सञ्चालनमा छ । त्यसबाहेक लहान ठाडी सडक खण्डको मुख्य सडक पनि सोही जग्गामै परेको छ ।

आयोगबाट जग्गा प्राप्त गर्नु अगाडि नै पूर्वगाविस अध्यक्ष खुशीलाल, उनको भाउजु तथा भाइहरूको संयुक्त नाममा दुई बिगाहाभन्दा बढी पुख्र्यौली जग्गा मालपोत कार्यालयको श्रेस्तामा कायम रहेको देखिएको छ ।

पुख्र्यौली सम्पत्ति रहेका यादवले आफू गाविस अध्यक्ष रहेको बेला पद र पैसाको प्रभावले पत्नीको नाममा हाटबजार लाग्ने मुख्य जग्गा नै हात पारेपछि अहिले सम्पूर्ण गाउँपालिकाभरी नै हल्लीखल्ली मच्चिएको छ ।

‘गाविसको हकहितमा लागी पर्नु हुन्छ भनेर सबै मिलैर उहाँलाई गाविस अध्यक्षमा जिताएका थियौं तर उहाँले त हाटबजारको मुख्य जग्गा नै हडप्नुभएछ,’ सखुवानानकरकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेश यादवले भने, ‘उक्त जग्गा फर्काउन जुन–जुन निकायमा जे–जे कानूनी कारबाही गर्न जानु पर्ने हो, सबैमा हामी जान्छौ ।’ २०५४ सालको स्थानीय निर्वाचनको बेला गाविस अध्यक्षमा निर्वाचित भएका खुशीलाल त्यसपछि शक्तिशाली दल हेरेर पार्टीमा प्रवेश गर्दै आएका थिए ।

‘खुसीलालजी जुन–जु्न दल शक्तिमा आयो त्यही–त्यही दलमा प्रवेश गर्दै जानुभयो,’ सङ्घीय समाजवादी फोरम सिरहाका जिल्ला सदस्य प्रयागलाल यादवले भने, ‘२०६३ सालपछि उहाँ फोरम हुनुभयो, गत स्थानीय चुनावको बेला उहाँ नेकपा एमालेबाट वडाध्यक्षमा चुनाव उठ्नुभएको थियो तर अहिले उहाँको कर्तुत पार्टी नेतृत्वले थाहा पाएपछि त्यहाँबाट उहाँ एक्लिनुभयो । पछि बुझ्दा त बजारको जग्गा पचाउन नै उहाँ शक्तिको अगाडि–पछाडि घुम्नु भएको रहेछ ।’

पूर्वगाविस अध्यक्ष खुशीलाल यादवले बलान खोला छेउमा परेको केही जग्गामा घर बनाउन डर लागेकाले आफ्नो कान्छी पत्नीको नाममा सरकारी नियमानुसार जग्गा प्राप्त गरेको दाबी गरे । उनले कान्छी पत्नी सुशिलादेवीको नाममा आफूले त्यो बेला कुनै सिफारिस नगरेको तथा चार खण्डको एक खण्ड रकम तिरेर जग्गा प्राप्त गरेको बताए ।

बलान कटान जग्गा छैन, ६ दाजुभाइ छौं । दुईवटा श्रीमती । तीन विगाहा सडकमा कटिगो ।

पश्चिम पोर्ताहाको मानिसहरुले जग्गा । त्यो जग्गा मैले सिफारिस पनि गरेको छैन, मेरो श्रीमतीको नाममा छ । सुकुम्बासी अव्यस्थित बसोबासमा किनेको जग्गा हो । पोर्ताहाको जग्गा २ कठ्ठा १० धुर । विपक्षी । सिहाराको जिल्ला अदालतमा मुद्दा । उच्च अदालत राजविराज । मुद्दा लागेको ६ महिनाजति भइसकेको । घर वडा कार्यालयमा अदालतमा निशेधाज्ञा जारी ।