अपराध

    Showing ४१-५० of १,६६३ items.
  • भोजपुरका सव इन्जिनियर घुससहित रंगेहात पक्राउ

    भोजपुर  /  जिल्लाको आमचोक गाउँपालिकामा सव इन्जिनियर विष्णुकुमार राई घुससहित रंगेहात पक्राउ परेका छन । करारमा कार्यरत इन्जिनियर राई पाँच हजार घुस लिदै गर्दा सोमबार पक्राउ परेका हुन । राईलाई घुस लिदै गर्दा गाउँपालिकाको वडा नम्बर ७ स्थित देवन्टारको हर्दिला भन्ने ठाउँबाट नियन्त्रणमा लिईएको हो । इन्जिनियर राईले गाउँपालिकामा सञ्चालन भईरहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफराक गरि दिने भन्दै घुस लिएका थिए । पक्राउ परेका राई माथी कार्वाहीका लागि थप अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको छ । यस्तै गत माघ महिनामा भुकम्प पिडित संग अन्तिम किस्ताको रकम लिन

    • प्रकाशित मितिः फाल्गुन ६, २०७६
    • ५३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • प्रेमीले बेच्न भारत पुर्याएपछि...

    विराटनगर/ चोखो माया गरेको प्रेमीले बेच्ला भनेर कसले कल्पना गरेको हुन्छ ? यस्तै नसोचेको घटना व्यहोर्नु प¥यो मोरङको धनपालथान गाउँपालिकाकी १७ वर्षीया एक किशोरीले । मन र मुटु दिएको प्रेमी २२ वर्षीय सञ्जय मण्डलले आफ्नो भिनाजुसँग मिलेर विवाहको बहाना बनाई भारतमा पु¥याएर बेच्न खोजेको आरोपमा प्रहरीले धनपालथान गाउँपालिका–६ कदमाहाका ३८ वर्षीय जगतनारायण मण्डललाई पक्राउ गरेको छ । सञ्जय हाल फरार छन् । पक्राउ परेका जगतनारायण सञ्जयका भिनाजु हुन् । जगत पक्राउ परे पनि सञ्जय फरार भएकोले उनको खोजीकार्य तीव्र बनाएको मोरङ प्रहरीले जनाएको छ । मण्डललाई प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीले घरबाट आइ

    • प्रकाशित मितिः फाल्गुन ६, २०७६
    • ३५५ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • स्कुले बालिकालाई शिक्षकबाटै यौन दुर्व्यवहार, शिक्षक पक्राउ

    भद्रपुर(ब्लाष्ट)अध्यापन गराउने क्रममा बालिकाहरुमाथि पटक पटक यौन दुर्व्यवहारगरेको आरोपमा एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । झापा बुद्धशान्ति ६ का २१ वर्षीय नरेन थापालाई अभिभावकले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीले पक्राउ गरी मुद्दा दर्ता गराएको हो ।  पटक पटक बालिकाहरुको संवेदनशिल अङ्गमा हात प्रयोग गर्दै आइरहेको अभिभावकले आरोप लगाएका छन् । एकजना बालिका निरास भएर घरमा वसेको देखेर अभिभावकले सोधदपुछ गर्दा बालिकाले घटना बताए पछि एकपछि अर्को हुदै शिक्षक थापाको कर्तुक वाहिर आएको थियो । आरोपित थापा स्थानीय एक विद्यालयमा कार्यरत शिक्षक हुन् । अविवाहित शिक

    • प्रकाशित मितिः फाल्गुन ५, २०७६
    • १६७ पटक पढिएको
    • उत्तम नेपाल
  • १६ बर्षीय किशोरीको सामुहिक बलात्कार

    बुटवल । प्रदेश ५ स्थित रुपन्देहीको मर्चवारमा एक किशोरीलाई तीन जना युवाहरुले सामुहिक बलात्कार गरेका छन् । जिल्लाको सम्मरीमाई गाउँपालिका–३ की १६ वर्षीया एक किशोरीलाई महायज्ञ स्थलबाट नियन्त्रणमा लिएर सामुहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जानकारी दिएको छ । ती युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । ती किशोरीको भैरहवामा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः फाल्गुन ५, २०७६
    • १५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उर्लावारीमा मोटरसाइकल दुर्घटना, तीन घाइते

    धरान / अहिले भरखरै मोरङको उल्लावारीका ेस्कुलडाँडामा दुई वटा मोटरसाईकल ठोक्किदा तीन जना घाइते भएका छन् । को २० प र मे ४ प ६८११ नं. को मोटरसाईकल एक आपसमा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । घट्नामा तीन जना घाइते भएको छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ ।

    • प्रकाशित मितिः फाल्गुन ४, २०७६
    • १५६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मिर्चैयामा भूमाफियाको दादागिरी बस्ती खाली गराउन बन्दुक लिएर पुगे

    सिरहा / सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ५मा सुकुम्वासी बस्ती खाली गराउन भूमाफिया बन्दुकसहित पुगेका छन् ।भूमाफिया मिर्चैया नगरपालिका वडा नं.५ पूर्व–पश्चिम राजमार्गअन्तर्गत उत्तरपट्टि जीवा खोला छेउमा रहेको सुकुम्बासी बस्ती डोजर लगाएर खाली गराउन बन्दुकसहित पुगेका थिए । बन्दुक बोकेर पुग्ने स्थानीय वीरेन्द्र साह भएको बताइएको छ । उक्त बस्तीमा ३८ घरपरिवार दलित पासवान, मुसहरलगायतका जाति बस्दै आएका छन् । भूमाफिया साह बन्दुकसहित पुगेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवालले झडप हुन सक्ने भन्दै प्रहरी पठाएका थिए ।अमिन ल्याएर र प्रक्रिया पुरयाएर मात्र जग्ग

    • प्रकाशित मितिः फाल्गुन ३, २०७६
    • ६४३ पटक पढिएको
    • गणेशकुमार ठाकुर
  • कविता थापाका हत्या आरोपी पूर्पक्षका लागि कारागार चलान

    ताप्लेजुङ /  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङकी कविता थापा हत्या आरोपमा पक्राउ परेका खड्ग बस्नेत पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला न्यायाधिश प्रकाश राउतको इजलाशले बस्नेतलाई कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बिष्णु खड्काले बताए । खड्काका अनुसार कविताका आफन्तले खड्गसहित उनकी श्रीमती भिममाया, छोरीहरु एलिसा र तारादेवी तथा भतिजो नाता पर्ने प्रेम कार्की विरुद्ध किटानी जाहेरी दिएका थिए । जसमध्ये भीममाया र प्रेम कार्की भने जनही १–१ लाख रुपैंया धरौटीमा छुटेका छन् । त्यस्तै एलिसा र तारादेवीलाई भने अदालतले साधारण तारेखमा

    • प्रकाशित मितिः फाल्गुन ३, २०७६
    • १२५ पटक पढिएको
    • बसन्त लिम्बू
  • प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईं प्रशासनबाट छुटकारा पाए

      काठमाडाै‌ / चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई अभद्र व्यवहार गरेको अभियोग लागेका झापास्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं हिजाे जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पुगेर हाजिर भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज हाजिर भएका प्रसाईंलाई प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बयान सकेर साधारण तारिखमा छाड्न आदेश दिएपछि प्रसाइ छुटेको कार्यालयले जानकारी दिएको छ । गत माघ २ गते अभद्र व्यवहार कसुरमा पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रशासनले हाजिर भएलगत्तै तारिखमा छाडेको छ । प्रजिअ पाण्डेले प्रसाइको अन्तिम निर्णय नभएसम्मका लागि साधारण

    • प्रकाशित मितिः फाल्गुन ३, २०७६
    • १०७ पटक पढिएको
    • रासस
  • रोकिएन कोशीटप्पुकाे वन फँडानी

    भण्टाबारी । कोशीटप्पु वन्यजन्तु आरक्षमा वन फँडानी हुने क्रम रोकिएको छैन । कोशीटप्पु वन्यजन्तु आरक्षकै कर्मचारीको मिलेमतोमा वन फँडानी हुँदै आएको कोशी गाउँपालिका क्षेत्रका जनप्रतिनिधिले दाबी गरेका छन् । संरक्षण गर्न खटिएका वार्डेनसहितका उच्चपदस्थ कर्मचारीको मिलेमतोमा घाँसे मैदानको नाममा वन फँडानी हुने गरेको उनीहरूले आरोप लगाएका हुन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाका ७५ किलोमिटरमा फैलिएको कोशी गाउँपालिका–३ मा अवस्थित कोशीटप्पु वन्यजन्तु आरक्षमा वन कटानी र फँडानी हुने गरेको स्थानीयले आरोप लगाएका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षको ९४५ स्परको उत्तरतर्फ लगाइएको सिसौ, सिमल, खयरलगायतका रुख धमाध

    • प्रकाशित मितिः फाल्गुन ३, २०७६
    • ११५ पटक पढिएको
    • मिकाइल आलम
  • सुनसरीमा अपराधका घटनामा कमी

    इनरुवा । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा सुनसरीमा अपराधको घटनामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कअनुसार जिल्लामा चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा अपराधसम्बन्धी घटनामा कमी आएको सुनसरीका एसपी यज्ञविनोद पोखरेलले बताए । जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा २ हजार २० वटा अपराधसम्बन्धी घटनाको मुद्दा दर्ता भएकोमा चालू आर्थिक वर्षको अहिलेसम्ममा १ हजार १ वटा मुद्दा दर्ता भएकाले अपराधको घटनामा कमी आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्लामा गतवर्ष २ हजार २० वटा मुद्दा दर्ता भई १ हजार ६ सय ९७ वटा फछ्र्याैट भएको थियो भने ३ सय २३ वटा मुद्दा फछ्र्याैट हुन बाँकी रह

    • प्रकाशित मितिः फाल्गुन ३, २०७६
    • १५३ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved