Trending Tags

अपराध

    Showing १६१-१७० of २,९९८ items.
  • अटो दुर्घटना हुदा चालकको मृत्यु

    ईलाम । ईलाम नगरपालिका–७ तिल्केनी स्थित राजमार्गमामा अटो दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक ईलाम–९ का २२ बर्षीय अबिकल सुन्दास रहेका छन । हिजो बेलुका साढे ८ बजे मे १ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा सुन्दास गम्भीर घाईते भएका थिए । गम्भीर घाईते भएका सुन्दासलाई उपचारार्थ बिराटनगर तर्फ लैजादै गर्दा राती ११ बजे उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

    • प्रकाशित मितिः फाल्गुन ४, २०७७
    • १९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने एक जना पक्राउ

    पर्वत। वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलङ्का लगेर अलपत्र पार्ने सुवेदी कान्छो भन्ने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुख्र्यौली घर पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोेट नयाँपुलबाट सोमबार पक्राउ परेका हुन् ।अभियुक्त सुवेदीले कुवेतमा घरेलु कामदारका रूपमा लैजाने भन्दै काठमाडौँबाट नेपालगञ्ज हुँदै भारतको नयाँदिल्ली पुर्याएर त्यहाँबाट चेन्नाई हुँदै श्रीलङ्का पुर्याएपछि एक महिला अलपत्र परेकी थिइन् । श्रीलङ्का पुर्याएपछि त्यहाँ सिरक खान र आलिक खानले आफ्नो साथमा राखेर घरबाट

    • प्रकाशित मितिः फाल्गुन ४, २०७७
    • १३३ पटक पढिएको
    • रासस
  • शिक्षक हत्या प्रकरण : विप्लव सहित ४२ विरुद्ध मुद्दा दर्ता

    विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका – १ बर्खेका प्रधानाध्यापकको हत्या गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लवसहित ४२ जना विरूद्ध मोरङ अदालतमा मुद्दा दर्ता भएको छ ।मिक्लाजुङ–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा विप्लवसहित ४२ जना विरुद्ध ‘अपहरण तथा कर्तब्य ज्यान’ अभियोगमा सोमबार मोरङ अदालतमा मुद्दा दर्ता भएको हो ।प्रअ श्रेष्ठको हत्या आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज डि.बि सिलवाल भन्ने धनबहादुर बि.कलाई मोरङ प्रहरीले पक्राउ गरि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले पक्राउ परेका बिकसहित ४१ जनालाई फरार

    • प्रकाशित मितिः फाल्गुन ३, २०७७
    • ३१५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चोरी नियन्त्रणमा प्रहरी असफल

    विजयपुर। विगतदेखि हालसम्म भएका चोरी घटनामा संलग्न पक्राउ नपर्नुले प्रहरी असफल भएको देखाउँछ । मङ्सिरमा धरान–६ पानबारीस्थित निशान बचत तथा ऋण सहकारी संस्थाको झ्याल फोडेर करिब १५ लाख रुपैयाँ चोरी भयो । सहकारीको सिसीटिभी फुटेजमा पनि चोरहरूले झ्याल फुटाएर चोरी गरेकोसम्म देखिएको थियो । जहाँ तालिमप्राप्त कुकुरहरू पनि प्रयोग गरिए । तर, हालसम्म चोरीमा संलग्न पक्राउ पर्न सकेका छैनन् । यो धरानमा हालै भएको चोरीको प्रतिनिधि घटना मात्रै हो । यसअघि भएका चोरीका घटनामा पनि संलग्न पक्राउ पर्न सकेका छैनन् । तीन वर्षअघि धरानको कलेज रोडमा मोबाइल पसल चोरी भए पनि हालसम्म चोरीमा संलग्न पक्राउ पर्न सकेका छैनन् । य

    • प्रकाशित मितिः फाल्गुन ३, २०७७
    • १७९ पटक पढिएको
    • खिलानाथ विक
  • किर्ते नागरिकता प्रकरणः कारबाही गर्ने सरकारी निकाय मौन

    भण्टाबारी । किर्ते नागरिकता लिएका व्यक्तिउपर कारबाही गर्न सरकारी पक्ष गम्भीर देखिएको छैन । ब्राउन सुगरसहित धरानबाट मंसिर १९ गते पक्राउ परेका राजकुमार सिंह भारतीय नागरिकसँगै किर्ते गरेर नेपाली नागरिकता लिएको पुष्टि भएपनि उनलाई कारबाही गर्ने सरकारी पक्ष गम्भीर बनेको पाइदैन । सिंहलाई राजनीतिक दबाबका साथै आर्थिक चलखेल गर्दै धरौटीमा छुटाउन सरकारी निकाय नै लागिपरेको श्रोतको आरोप छ । यथेष्ट प्रमाण भएर पनि पक्राउ परेका सिंहमाथि कारबाही प्रक्रिया अगाडि न बढाउँदा उक्त आरोपमा बल पुगेको देखिन्छ । सिंह भारतीय भएको प्रमाणसँगै नेपालमा सप्तरी जिल्लाको तत्कालीन पकरी गाविस २ बाट किर्ते गरी नागरिकता लि

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • २८९ पटक पढिएको
    • मिकाइल आलम
  • झापामा खरिदारले सजाय दिएका विद्यार्थीको मृत्यु

    भद्रपुर । झापामा कर्मचारीले सजाय दिएका एक विद्यार्थीको मृत्यु भएको छ ।झापाको कन्काई–६ स्थित चम्पापुर माध्यामिक विद्यालयमा शिक्षक नभएका बेला पढाउन कक्षामा पसेका खरिदार रविन मगरले सजाय दिएपछि विरामी परेका कक्षा ४मा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको मृत्यु भएको हो । विद्यार्थीको परिवारले कर्मचारीको कुटाइबाट बालकको मृत्यु भएको आरोप लगाएका छन् ।मृतक बालकका ठूलोबुवा सञ्जय राजवंशीका अनुसार माघ १८ गते विहानभरी बारीमा घाँस काटेर कृष्णप्रसाद विद्यालय गएका थिए । विद्यालयमा खरिदार मगरले कृष्णप्रसादको कान तानेका थिए । त्यसपछि विरामी परेका उनलाई स्थानीय कामेश मेडिकलबाट सामान्य उपचार पछि घर पठाईएको थि

    • प्रकाशित मितिः माघ २९, २०७७
    • ७७४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • एसपीको फेसबुक ह्याक गरी मोबाइल बैंकिङ मार्फत ठगी

    सुनसरीको इनरुवामा कार्यरत अनुसन्धान उप निर्देशक (एसपी) नगेन्द्र दाहालको फेसबुक म्यासेन्जर प्रयोग गरी मोबाइल बैंकिङ मार्फत रकम ठगी भएको पाइएको छ । राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान उप निर्देशक (एसपी) नगेन्द्र दाहालको फेसबुक ह्याक गरी म्यासेन्जर च्याट मार्फत रकम ठगी गरिएको पाइएको हो । स्वयं एसपी दाहालले आफ्नो आइडी ह्याक भएको व्यहोरा सहितको पोष्ट सामाजिक सञ्जालमा राखेका छन् । दाहालले ठगी कार्यमा गिरोह सकृय रहेको हुन सक्ने आशंका गर्दै त्यस्तो म्यासेज आएमा सचेत रहन भनेका छन् । उनले ह्याकरको खोजी थालिएको बताए । एसपी दाहालले कोही कसैलाई म्यासेजको भरमा परी रकम नपठाउन समेत

    • प्रकाशित मितिः माघ २९, २०७७
    • ३३६ पटक पढिएको
    • अमर काफ्ले इनरुवा
  • धरान १५ का बेघालाई छुरा प्रहार गरी फरार भएका तेजबहादुर पक्राउ

    ब्लाष्टखबर । धरान १५ का विष्णु बेघालाई छुरा प्रहार गरी फरार भएका तेजबहादुर पक्राउ परेका छन् । गत कार्तिक २८ गते साझमा सेउती खोलाको बगरमा २२ वर्षीय विष्णुलाई छुरा फरर भएका धरान ५ किसान चोकका २४ वर्षीय  तेजबहादुर भनिने तेन्जिङ तामाङलाई मंगलबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । कार्यालयका अनुसार पक्राउ परेका तामाङमाथि ज्यान मार्ने उद्योगमा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । 

    • प्रकाशित मितिः माघ २९, २०७७
    • ५४५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सजाय बढे पनि घटेन बलात्कारको ‘ग्राफ’

    विराटनगर। मुलुकी अपराध संहिता २०७४ पछि बलात्कारजस्तो जघन्य अपराधमा सजाय बदलिए पनि बलात्कारको ग्राफ बर्सेनि उकालो लागेको छ । मोरङमा पछिल्लो ६ महिनामा ५५ जना महिला, किशोरी, बालिका बलात्कारको सिकारमा परेका छन् । सोमबार राति मोरङमा १४ वर्षीया बालिकालाई अपहरणको शैलीमा मकैबारीमा लगेर बलात्कार गरेको पाइएको छ । मोरङ जहदा गाउँपालिकाकी एक बालिकामाथि दुईजनाको समूहले बलात्कार गरेको हो । बलात्कारमा संलग्न दुई युवा फरार छन् । पिसाब फेर्नका लागि घरबाहिर निस्किएकी बालिकालाई मोटरसाइकलमा आएका दुई युवाले अपहरणको शैलीमा मोटरसाइकलमा राखेर करिब दुई किलोमिटर दक्षिण मकैबारीमा लगेर बलात्कार गरेको पीडितको भनाइ छ ।

    • प्रकाशित मितिः माघ २९, २०७७
    • १८१ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • मोटरसाइकल चोरी गर्ने दुई युवा पक्राउ

    विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मोटरसाइकल चोरी गर्ने दुई युवा रङ्गेहात पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रामधुनी–१ सुनसरीका १९ वर्षीय आकाश चौधरी र २० वर्षीय अमर चौधरी पक्राउ चौधरी रहेका छन् । उनीहरुलाई प्रतिष्ठानको निःशुल्क पार्किङ स्थलबाट चोर्ने प्रयास गर्दैगर्दा प्रतिष्ठानका सुरक्षाकर्मीले पक्राउ गरेका हुन् । उनीहरुले को ३५ ब १२८९ नंम्बरको पल्सर मोटरसाइकलको तार काटेर लग्ने प्रयास गर्दैगर्दा पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनले प्रतिष्ठान सुरक्षाकर्मीले पक्राउ गरि बुझाएको बताए । पक्राउ पर्नेहरुलाई आवश्यक अनुसन्धान ग

    • प्रकाशित मितिः माघ २८, २०७७
    • १८५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved