भद्रपुर । झापाको भद्रपुर नगरपालिका–३ ज्ञानेचोकबाट लुकाएर राखेको करिब ३९ क्विन्टल खरबुजाको बीउ बरामद गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले स्थानीय भीमलाल सुवेदीको घरमा आइतबार छापामारी गरी लुकाइछिपाइ राखिएको अवस्थामा बीउ बरामद गरेको प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए । उनका अनुसार ९४ वटा बोरामा ३ हजार ९ सय २० केजी खरबुजाको बीउ बरामद गरिएको छ । बीउ भद्रपुर भन्सार कार्यालय झापामा पठाइनेछ । रासस