अपराध

    Showing १५१-१६० of २,८६८ items.
  • मिटरब्याजी मन्टुको कर्तुत बाहिरिँदै

    विराटनगर/ गैरकानूनी मानिएको मिटरब्याजमा लगानी गरेको आरोपमा पक्राउ परेका विराटनगर–९ घोघापुलचौकका मन्टु उपनामले चिरपरिचत ४५ वर्षीय सञ्जयप्रसाद रौनियारले सर्वसाधारणबाट करोडौं रूपैयाँ असुली गरेको खुलेको छ । समाजमा परम्परागत रूपमा चल्दै आएको सामन्तीप्रथा अनुसार साहु महाजन बनेर एक ऋणीसँग पटक–पटक ल्याप्चे लगाएर ब्याजदेखि स्याजसम्म एकैपटक असुल्ने मन्टुले ५० करोड बढी रकम सर्वसाधारणबाट असुलेको खुलेको हो । एक दशकदेखि गलत नियतले ऋण दिएर गाउँका सोझासिधा सर्वसाधारणलाई ऋणी बनाएर मिटरब्याजको धन्दा चलाउने मन्टु र उनको श्रीमती ज्योति रौनियारको नाममा करोडौं मूल्य बराबरको ६० कित्ता जग्गा रहेको देखिए

    • प्रकाशित मितिः पुष ७, २०७७
    • ३७९ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • तीन फरार प्रतिवादी जेल चलान

    भद्रपुर । डाका, सवारी ज्यान र चोरी मुद्धाका तीन फरार प्रतिवादी पक्राउ परी जेल चलान भएका छन् । झापा जिल्ला अदालत भद्रपुरको २०७६ माघ २१ गतेको फैसला अनुसार डाका मुद्दाका प्रतिवादी मेचीनगर १० का विष्णुप्रसाद राजवंशीलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाइएको थियो । उनले राखेको धरौटीबाट जरिवाना सदर भएको र कैदको हकमा २३ दिन असुल भई बाँकी ५ महिना ७ दिन बेरुजु रहेको अबस्थामा उनी फरार भएका थिए । खोजतलास गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विहीबार घरबाट पक्राउ गरेको जिल्लाका डिएसपी राकेश थापाले जनाए । अदालतको फैसला कार्यान्वयनको लागि झापा जिल्ला

    • प्रकाशित मितिः पुष ३, २०७७
    • २५२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अस्लिल तस्विर छ भन्दै महिलासंग ७० लाख माग्ने विराटनगरका सुमन पक्राउ

    ब्लाष्टखबर । नक्कली इमेल आइडी बनाइ आफुसंग अस्लिल तस्विर भएकाे बताउँदै महिलालाई ब्लाकमेलिङ गर्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर उपमहानगरपालिका वडा नम्बर ३ घर भइ बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ७ गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मी रहेकाे भेटाहिटी  स्थित प्रहरी प्रधान कार्यालय साइबर व्युराेले जनाएकाे छ ।  व्युराेका अनुसार सुमनले नक्कली इमेल आइडी बनाएर उनकै परिचयमा रहेकी एक महिलालाई आफुसंग उनकाे अस्लिल तस्विर रहेकाे र उक्त तस्विर सार्वजनिक नगर्नकालागी ७० लाखकाे माग राखेका थिए ।  पैसाकाे माग राख्ने लगायत विभिन्न प्रकारकाे याैनजन्य उत्पिडन दिएकाे भन्दै आएकाे उजुरीकाे आ

    • प्रकाशित मितिः पुष ३, २०७७
    • ४७३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सभामुख अग्नि सापकोटाको मुद्दा सर्वोच्च अदालतले पेसीमा

    ब्लाष्टखबर । काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेका सभामुख अग्नि सापकोटाको मुद्दा सर्वोच्च अदालतले पेसीमा चढाएको छ । अन्ति पटक २०७६ साल फागुन ३० मा मुद्दा पेसीमा चढाइएको भएपनि हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो । शुक्रबार त्यही मुद्दाको पेसी तोकिएको छ । मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो । श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट अपहरणमा परेका लामालाई खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् । प्रहरीले जाहेरी लि

    • प्रकाशित मितिः पुष ३, २०७७
    • १६८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ब्राउनसुगरसहित पक्राउ परेका व्यापारी छुटाउन चलखेल

    भण्टाबारी/ ७७ ग्राम ब्राउनसुगरसहित धरानबाट पक्राउ परेका इनरुवाका कपडा व्यापारीलाई छुटाउन ‘नयाँ नाटक मञ्चन’ गर्न थालिएको छ । झुटो कागजात पेस गरी नेपाली नागरिकतासमेत लिएका भारतीय नागरिक राजकुमार सिंहलाई छुटाउन अहिले ‘ब्राउनसुगरलाई नक्कली साबित गराउन’ रकमको चलखेल सुरु भएको स्रोतको दाबी छ । उनलाई मङ्सिर १७ गते राति बा.१५ च ९०८८ नम्बरको स्कारपियो गाडीसहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थियो । उनलाई छुटाउनका लागि बिचौलियाहरूले नक्कली ब्राउनसुगर भएको साबित गराउन मोटो रकमको चलखेल सुरु भएको स्रोत बताउँछ । देखाउने व्यवसायका रूपमा उनले सुनसरीको सदरमुकाम इनरुवामा कपडा

    • प्रकाशित मितिः पुष ३, २०७७
    • ३२९ पटक पढिएको
    • मिकाइल आलम
  • छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

    गाईघाट/ उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो । प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि बिहीबार उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको उदयपुर जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए । पिडीत बालिकालाई जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराइएको पनि प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः पुष ३, २०७७
    • ४१० पटक पढिएको
    • रासस
  • विराटनगरमा गाँजाको कारोबार गरिरहेका ४ जना प्रहरीकाे फन्दामा

    ब्लाष्टखबर । विराटनगरमा गाँजाको कारोबार हुँदै गर्दा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । महानगरको ५ नम्बर वडा स्थित दिल्ली पव्लिक स्कुल नजिकैबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोहि वडाको विशाल चोक बस्ने ४० वर्षीय रुपेश शाह, २५ वर्षीय विनेश खवास, २२ वषीय सुमित साह र २१ वर्षीय सागर रायलाई पक्राउ गरेको कार्यालयले जनाएको छ । गाजाकोर कारो बार भई रहेको भन्ने सुचनाको आधार त्यहाँ पुगेको प्रहरी टोलीले उनिहरुको साथबाट ४०० ग्राम गाँजा बरामद गरको उक्त कार्यालयले जनाएको छ । पक्राउ परेका चारैजनालाई जिल्ला प्रहरी कार्यालय, मोरङ ल्याई थप अनुसन्धान भईरहेको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक

    • प्रकाशित मितिः पुष २, २०७७
    • ३६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • खैरो हिरोईन सहित ३ जना पक्राउ

    ब्लाष्टखबर । विराटनगरबाट प्रहरीले खैरो हिरोइन सहित दुई जना भारतीय नागरिक र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीकार्यालय मोरङका अनुसार हिजो अपरान्ह ५ बजे महानगरपालिकाको ७ नम्बर वडा स्थित शनि मन्दिर नजिकैबाट महानगरको वडा नम्बर १७ मटेरुवा बस्ने अन्दाजी २७ वर्षीय लद्दीफुल मियालाई पक्राउ गरेको हो । लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पैदल यात्रा गरिरहेका मिया माथी शंकालागी चेकजाच र्गने क्रममा उनको साथबाट १३ ग्राम खैरो हिरोइन जस्तो देखीने पर्दाथ फेला पारेको उक्त कार्यायालयले जनाएको छ । त्यस्तै, बुधबारनै अपरान्ह ५ बजेर १५ मिनेटमा लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी ट

    • प्रकाशित मितिः पुष २, २०७७
    • ३२४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ

    सुनसरी  । सुनसरीको दुहवी नगरपालिका-९ मुसहरी टोलबाट नियन्त्रीत लागुऔषध गाँजा सहित मंगलबार दिउँसो १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५८ बर्षीय पुष्षलाल ऋषिदेव रहेका १ नम्बर प्रदेश प्हरी कार्यालय, विराटनगरले जनाएकाे छ ।   कार्यालयका अनुसार ऋषिदेवले आफ्नै घरमा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले १ केजी गाँजा सहित ऋषिदेवलाई पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका ऋषिदेवको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः पुष १, २०७७
    • ४९६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • इटहरी मोटरसाईकल चोरी गरी नम्बर प्लेट परिर्वत गरेर कुदाउँदा प्रहरीकाे फन्दामा

    ब्लाष्टखबर । इटहरीबाट हराएको मोटरसाइकल सहित २ जना पक्राउ परेका छन् । मंसिर २८ गते इटहरी ६ स्थित बर्गर हाउसमा पार्किङ गरी राखेका अवस्थामा हराएको प्रदेश १(०५(००१ प ०२०७ नम्बरको मोटरसाईकल सहित चोरीमा संग्लग्न २ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।कार्यालयका अनुसार मोटरसाइकल हराएको भनि सुचाना पाएसंगै कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले मंगलबार राती ८ बजे नम्बर प्लेट परिर्वतन गरि कुदाइ राखेको अवस्थामा ईटहरी ९ बाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा झापाको डाँगिबारीका १९ बर्षीय करण भनिने नगेन्द्र चौधरी र गौरादहका २१ बर्षीय बिजय चौधरी रहेका छन् । पक्राउ परेक

    • प्रकाशित मितिः पुष १, २०७७
    • ८२४ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved