धरान / इलाममा उत्पादन भएको किवी फलको बजार प्रर्वद्धनका लागि धरानमा २ दिने किवी फल एक्स्पो आयोजना हुने भएको छ ।
इलाम उद्योग वाणिज्य संघ, इलाम नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ‘इलाम किवी फल एक्स्पो २०७६’ गर्न लागेको हो । एक्स्पोको सहआयोजकमा धरान उपवमहानगरपालिका रहेको छ ।
आयोजकले आज धरानमा पत्रकार सम्मेलन गरि आगामी पुस ३ र ४ गते एक्स्पो गर्न लागेको जानकारी दिएको छ । उद्योग बाणिज्य संघ इलामका सचिव श्रीबहादुर विष्टका अनुसार दुई दिनसम्म चल्ले एक्स्पोेमा कुल १० स्टल हुने छन । ७ वटा किवीको स्टल र ३ वटामा इलामलाई चिनाउने ग्रिन टि, घिउ, ललीपपलगायत अन्य खाद्य वस्तुहरुको स्टल हुने आयोजकले जनाएको छ । एक्स्पोमा ७ हजार केजी किवी बिक्री गर्ने बताइएको छ ।