श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल मङ्सिर ०४ गते बुधबार, २० नोभेम्बर २०१९ । मङ्सिर कृष्णपक्षको अष्टमी तिथि ११ः४३ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र मघा १९ः०० बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी । चन्द्रमाराशि सिंह, सूर्योदय ६ः२९ र सूर्यास्त ५ः८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका नया“ स्रोतहरू फेला पर्नेछन् । ढिलै भए पनि साथीभाइको सहयोग प्रँप्त भइरहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउनेछ । अतिथि आगमन होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक यात्राको सुवर्ण अवसर मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । सानो कामको लागि निकै खर्च होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसरमिल्नेछ । मन प्रसन्न रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ ।