पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रका २ वटा विद्यालयमा लिम्बू भाषा पठन पाठन शुरु गरिएको छ । भाषा, लिपि, संरक्षण, सम्बर्द्धन गर्ने उद्देश्यले पछिल्लो पटक वडा नम्वर ४ स्थित भागिरथ माध्यामिक विद्यालयमा लिम्बू भाषाको श्रीजंगा लिपी पठन पाठन सुरु भएको छ ।

पथरीशनिश्चरे नगरपालिकासँगको समन्वयमा किरात याक्थुङ चुम्लुङ नगर शाखाले लिम्बू भाषाको त्यसखाले ‘आनिपान’ शिक्षा सुरु गरेको हो । नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा चुम्लुङको तर्फबाट आनिपान पुस्तक वितरण गरिएको छ । त्यहा कक्षा १ मा पठन पाठन थालिएको छ ।

यस अघि नगरको वडा नम्वर ७ स्थित चन्द्र किरातेश्वर माविमा विगत केही वर्षदेखि सुरु भएको आनिपान शिक्षा कक्षा ६ सम्म सञ्चालनमा छ ।