देउराली  । धरान उपमहानगरपालिकामा रिक्त रहेकाे मेयर पदकाे लागी मंसिर १४ गते हुन गइरहेकाे उप निर्वाचनमा नेपाली कांग्रेसकाे तर्फबाट नगरसभापति तिलक राई उम्मेदवार बन्ने भएका छन् ।

शुक्रबार बसेकाे काग्रेसकाे पूर्ण बैठकले सर्वसम्मतमा नगरसभापति राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रीय तहले सर्वसहमतीबाट निर्णय गर्न भनसंगै उपमहानगर कमिटिकाे निरन्तर बसेकाे  बैठकले साे निर्णय गरेकाे नगरसभापति राईले जानकारी गराए । उनले भने ' धरान उपमहानगर भित्रका सम्पूर्ण नेता, कार्यकताहरूकाे पूर्ण बैठकले सर्वसम्मतमा मलाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे । यसले धरानमा नेपाली कांग्रेस एकतावद्ध छ भन्ने सन्देश दिएकाे छ, जसले गर्दा अन्याेलमा रहेका  मतदाता र कार्यकर्ताहरुलाई पनि विश्वास बिश्वास र हाैसल थपिदिएकाे छ । '

पूर्ण बैठकले सर्वसम्मतकाे निर्णयसंगै काग्रेसकाे तर्फबाट मेयर पदका  राई उम्मेदवारी  निश्चित बनेकाे  छ ।

उक्त निर्णयमा आज शनिबार क्षेत्रीय किमिटिले निर्णयगरी जिल्ला कमिटिमा पठाउने र जिल्लाले केन्द्रमा पठाउने राईले जानकारी गराए । उनले अन्य राजनितिक दलहरूसंग धरानकाे बिकासका साझा मुद्दाबनाई साझा उमेदवारीकाे लागी छलफल पनि भइरहेकाे जानकारी गराए ।

राईकाे २०७४ सालमा सम्पन्न भएकाे स्थानीय तह निर्वाचनमा पनि कांग्रेसबाट  मेयर पदकैलागी उम्मेदवार रहेकाे थियाे । उक्त निर्वाचनमा  पूर्व एमालेका उम्मेदवार तारा सुब्बा बिजयी भए पछि उनि उपविजेता बनेका थिए ।

मेयर तारा सुब्बा निवार्चित भएर पदभार ग्रहण गरेको एक बर्षमै निधन भएपछि  मंसिर १४ हुनगइरहेकाे उपनिर्वाचनमा उनले टिकटपाए भने धरानमा मेयर पदकालागी उनकाे याे दाेस्राे उमेदवारी हुने छ ।