भण्टावारी  / हतियार र लागूऔषधसहित सुनसरी प्रहरीले आज विहान दुई जनालाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको व्यक्तिलाई शंका लागि खोजतलास गर्दा हतियार र लागूऔषध बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह आरआइटी तथा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलिले सुनसरीको बर्जु गाउँपालीका ३ स्थित अमडुवाबाट दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका – ५ मगर टोल बस्ने वर्ष २७ को करण कुमार चौधरी र सोही स्थान बस्ने २१ वर्षका प्रकाश चौधरी रहेका छन ।
उनीहरूको साथबाट मेड इन यूएसए ७.६३ लेखिएको १ थान पेस्तोल, त्यसमा लाग्ने ३ राउन्ड गोलिसहित लागूऔषध फेनारगन ३५ एम्पुल, लुपिजोसिक ३५ एम्पुल, डाइजोल्याप ३५ एम्पुल र लाइफ लाइन लेखिएको ५ एमएल को सिरिन्ज १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।