विराटनगर। जिल्ला अदालतमा मोरङमा थुनछेक बहस सुन्न हिडेकी विराटनगर – १४ की किन्दुलादेवी यादवलाई पीडक परिवारका सदस्यहरूले बाटो छेकर कुटपिट गरेका छन् ।

समानन्द यादव हत्या प्रकरणमा फरार रहेका विराटनगर १४ का वडा अध्यक्ष बलदेव यादवका आफन्तहरूले सामानन्दकी श्रीमती किन्दुलादेवी यादवमाथि शुक्रबार दिउँसो बाटो छेकेर कुटपिट भएको हो ।

सेमान्नद हत्या प्रकरणमा शुक्रबार अदालतमा थुनछेक बहस थियो । मृतक सेमान्नदका श्रीमिति हुन किन्दुलादेवी । थुनछेक बहस सुन्न घरबाट आउँदै गर्दा बाटो छेकेर आफुमाथि कुटपिट भएको यादवले बताइन् । वडा अध्यक्ष बलदेव यादव मृतक समानन्द यादव एकै गाउँका हुन् ।

बाटो छेकेर कुटपिट गरेकाहरुले अदालत परिसरमा पनि समानन्दको श्रीमतीमाथि कुटपिट गर्न खोजेका थिए । दुई पक्षबीच झडप हुने स्थीति आएपछि प्रहरीले दुबै पक्षलाई रोकेको थियो । अदालत परिसरमा मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।