धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल रोग विभागको संयोजनमा भोलीदेखि तीन दिने स्वास्थ्य विज्ञान सम्मेलन हुने आयोजना गर्ने भएको छ ।
स्वास्थ्य उपचार र स्वास्थ्य शिक्षासँगै नेपालकै सबै भन्दा बढि अनुसन्धान हुने वीपी प्रतिष्ठानमा यस बर्ष भएको अनुसन्धानको पेपरका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । प्रतिष्ठानको अडिटेरियम हलमा भोली विहान ८ बजेदेखि शुरु हुने सम्मेलनको उद्घाटन प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा. गुरुप्रसाद खनालले गर्ने छन् ।
आयोजक बालरोग विभागका प्रमुख प्राडा प्रकाश पौडेलका अनुसार यस संस्थामा गरिएका स्वास्थ्य अनुसन्धानहरु र शोधपत्रहरु प्राध्यापक, शिक्षक, डाक्टर, नर्स, विद्यार्थी तथा अन्य स्वास्थ्यकर्मीहरुले प्रस्तुत गर्ने छन् । सम्मेलनमा २१० वटा अनुसन्धान पेपर प्रस्तुतीका लागि तयारी गरिएको बाल रोग विभागका डा. शंकर यादवले जानकारी दिए ।ं
यहाँ भएका गुणस्तरीय अनुसन्धानहरु र त्यसबाट प्राप्त उपलब्दीहरुलाई विश्व सामु फैलाउन तथा विज्ञहरुलाई अझ अनुसन्धान गर्न प्रेरित गर्न यस्तो सम्मेलनले मद्दत गर्ने बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहले जानकारी दिए ।
भोलीको सम्मेलनमा प्रतिष्ठानका प्रतिष्ठानका ३२ वटा डिपार्टमेन्टबाट एमविविएस अध्ययनरत विद्यार्थीदेखि विज्ञ चिकित्सकहरुले गरेको अनुसन्धान पेपर प्रस्तुत गर्ने कार्यक्रम रहेको डा. ज्योती अग्रवालले जानकारी दिइन । उनीहरुले प्रस्तुत गरेको शोध पत्र र अनुसन्धान सामाग्रीमाथि विज्ञ चिकित्सकहरुले सल्लाहा सुझाव प्रस्तुत गर्ने छन् ।
प्रतिष्ठानमा बार्षिक २ सयदेखि ३ सय हाराहारीमा अनुसन्धान हुने गरेको छ ।