औषधि निर्माता कम्पनी जन्सन एन्ड जन्सनले कुलत फैलाएको ठहर, ठूलो जरिबानाको फैसला

alt
  • भदौ १०, २०७६
  • २०७ पटक पढिएको
  • ब्लाष्ट खबर

बीबीसी नेपाली/ बहुराष्ट्रिय औषधि निर्माता कम्पनी जन्सन एन्ड जन्सन ओपिओइडको लत लाग्ने सङ्कट निम्त्याउन दोषी रहेको भन्दै ५७ करोड ७२ लाख डलर तिर्नुपर्ने आदेश अमेरिकी न्यायाधीशले गरेका हुन्।

अदालतबाट निर्णय आउनेबित्तिकै सो कम्पनीले त्यसविरुद्ध पुनरावेदन दिने जनाएको छ। ओपिओइड निर्माता र वितरकविरुद्ध लगाइएका हजारौँ मुद्दामध्ये सुनुवाइमा गएको यो पहिलो मुद्दा हो।

न्यायाधीश थाड बाल्कम्यानले जन्सन एन्ड जन्सन उसले उत्पादन गरेका पेनकिलर अर्थात् दुखाइ कम गर्ने औषधिको भ्रामक प्रचारप्रसारमार्फत् सर्वसाधारणलाई ओपिओइडको कुलतमा फसाउन जिम्मेवार भएको बताएका हुन्।

'त्यस्तो कार्यले गर्दा हजारौँ ओक्लाहोमावासीले आफ्नो स्वास्थ्यसँग सम्झौता गरे। ओपिओइड सङ्कट ओक्लाहोमावासीका लागि सँघारमै रहेको खतरा हो,' उनले आफ्नो आदेशमा भनेका छन्।

उनले जन्सन एन्ड जन्सनले तिर्ने रकम ओपियोइडको कुलतमा परेकाहरूको उपचार र हेरचाहमा प्रयोग गरिने बताए। यस्तै खाले अरू दुई हजारवटा मुद्दाको सुनुवाइ आगामी अक्टोबर महिनामा ओहायो राज्यमा हुँदैछ।

मृत्युको कारक
त्यसैले पनि यो मुद्दाको परिणाम के हुन्छ भनेर अरू मुद्दाका वादी पक्षले नजिकबाट हेरिरहेका छन्।

अमेरिकाको रोग नियन्त्रण निकायको तथ्याङ्कअनुसार सन् १९९९ देखि २०१७ सम्म ओपिओइडको अत्यधिक मात्राको प्रयोगका कारण चार लाख मानिसहरूको मृत्यु भएको थियो।

सन् २००० यता झन्डै छ हजार ओक्लाहोमावासीहरूले ओपिओइड बढी मात्रामा प्रयोग गरेका कारण ज्यान गुमाएका उक्त राज्यका वकिलहरूले बताएका छन्।

राजश्व छली गरेको आरो

  काठमाडाैं / राजश्व छली गरेको आरोपमा तीन व

झापामा जङ्गली च्याउ

  झापा / झापाको कमल गाउँपालिका–५ मा व

देश भरका स्वास्थ्य स

  काठमाडाैं / संविधान दिवसका अवसरमा सरकारी

आजदेखि ब्लाष्ट दैनिक

धरान / आजदेखि ब्लाष्ट टाइम्स दैनिक २५ वर्षमा प्रवेश गरे


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved