बेलबारी  / जिन्दगीको के भरोसा ... यो गीत डेढ दशक अगाडि निकै लोकप्रिय गीत हो । गायक कर्णदासले विहीवार सुन्दरहरैंचामा आयोजित एक कार्यक्रममा गाउँदा दर्शकहरु निकै भावुक बनेका थिए । त्यसैगरी मिरा राणाको तिमीलाई रुवाउने मेरो धोको होईन भन्ने गीतले पनि दर्शकहरुलाई थप भावुक बनाएको थियो ।
मोरङको सुन्दरहरैंचामा आयोजित नझरेका फूलहरु पलेंटी साँझ कार्यक्रममा गायक गायिकद्धय कर्ण दास र मिरा राणाले उक्त गीत गाएका हुन् ।
पलेटी साँझको १५ औं श्रृंखला अन्र्तगत कार्यक्रमको आयोजना गरिएको थियो । साहित्य ,कला र संङ्गगीतको संरक्षण तथा संवद्र्धनका लागि स्रष्टा सम्मान भन्ने नाराको साथ कार्यक्रम गरिएको थियो । कार्यक्रममा गायक कर्णदासले गीत गाउने पालो आउँदा साढे एघार भईसकेको थियो । मध्य रातको त्यो गर्मीमा उनका कालजायी राष्ट्र भक्तिभावका गीतले शितल बनाएको थियो ।
डेढ दशक अघि गाएको उनका निकै चर्चित गीत ठूलाठूला महल होइन...बोलको गीतबाट गाउन शुरुवात गरेका थिए । सुनैको सिरवन्धी ,पुरानु ढुङ्गा ,यो प्रेमको बलिदान कसरी भुल्न सक्छु , बोलको गीतबाट दर्शकहरुले सांगीतिक मनोरन्जन लिएका थिए ।
कार्यक्रममा वरिष्ठ गायिका तथा सङ्गीतकार मीरा राणाले मखमली चोली चाहिदैन बोलको गीत गाएर महिला दर्शकहरुलाई नचाएकी थिईन् । त्यसैगरी तिमीलाई रुवाउने मेरो धोको होइन भन्ने गीत गाउँदा दर्शकहरु केहि भावुक बनेका थिए । कार्यक्रममा सुनिता लिम्बूले दिन रात सानु तिम्रै सम्झना गीत गाएर दर्शकलाई नचाएकी थिइन । त्यसैगरी नवोदित गायक टंक मगरले शान्तिराम राई र उदय सोताङको गीत गाएका थिए ।
पलेंटी साँझमा लेखक तथा कवि अमृतप्रसाद आचार्य , वादलदेवी चाम्लिङले आफ्ना साहित्यिक रचना प्रस्तुत् गरेका थिए ।
कार्यक्रममा श्रष्टाहरुलाई सम्मान र प्रसंशा पत्रले शुशोभित पनि गरिएको थियो । कार्यक्रममा सुन्दरहरैंचाका मेयर शिव ढकाललगायत स्थानीय सर्जकहरुको उपस्थिति रहेको थियो ।