चार पाँच तोला सुन र पैसा बोकेर हिड्ने व्यापरीको घाँटी रेटेर हत्या

alt
  • श्रावण २८, २०७६
  • ४२८ पटक पढिएको
  • रासस

तनहुँ  / जिल्लाको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको समूहले शाहीको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा हिजो भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । उनको हत्या सोमबार नै भएको प्रहरीले अनुमान गरेको छ । डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका शाही आइतबार रातिदेखि बेपत्ता रहेका थिए । शाहीको खोजीका लागि परिवारले प्रहरीमा अनुरोध गरेको थियो । प्रहरी उपरीक्षक सिलवालका अनुसार मृतक शाहीको घाँटीमा धारिलो हतियारको चोट छ ।

सोमबार माछा मार्न जाने क्रममा स्थानीयवासीले शाहीको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालीमप्राप्त कुकुर मगाएको छ । आर्थिक प्रलोभनका कारण शाहीको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

“घटनाको अनुसन्धानका लागि कुकुरको सहयोगमा काम सुरु गरिसकेका छौँ”, प्रहरी उपरीक्षक सिलवालले भने, ुशङ्का लागेका केही व्यक्तिमाथि पनि निगरानी बढाएका छौं ।ु हत्यामा संलग्न जोसुकै भए पनि चाँडै कानूनको दायरामा आउने प्रहरी उपरीक्षक सिलवालले बताए ।

शाही सुनको सौखिन भएको र शरीरमा थुप्रै सुन लगाएर हिँड्ने भएका कारण प्रलोभनले गर्दा शाहीको हत्या भएको हुनसक्ने स्थानीय बताउँछन् ।‘चार पाँच तोला सुन र ४०र५० हजार रुपैयाँ उहाँसँग सधैँ हुन्थ्योु, एक स्थानीयले भने, ‘त्यही प्रलोभनका कारण उहाँको हत्या भएको हुनसक्छ ।’

मिस पूर्वाञ्चलको प्र ...

धरान । पूर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता नेपाल आई ...

चासोक तङ्नामको मैजार ...

धरान / लिम्बु समुदायले मनाउदै आएको परम्परागत मौलिक सांस ...

टिपरको ठक्करबाट मोटर ...

उदयपुर / उदयपुरको साउनेमा टिपरले मोटरसाईकललाई ठक्क ...

अब आर्थिक समृद्धिको ...

  नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपम ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved