श्री शालवाहनीय शाके १९४६ ने.सं.११४४ वि.सं. २०८१ साल वैशाख १५ गते शनिबार, २७ अप्रिल २०२४, कालयुक्त संवत्सर । वैशाख कृष्णपक्षको तृतीया  तिथि ०८ः३६ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र ज्येष्ठा भोलि ०४ः४४ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०५ः२७ बजे र सूर्यास्त ०६ः३५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला।    

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पु¥याउनुहोला। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

केही समय प्रतीक्षा गर्नुपर्ला । सहयोगीहरूको साथ पाइनेछ । प्रयत्न गर्दा गुम्न लागेको रकम जोगाउन सकिनेछ।   

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

हाँसखेल र मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। आफन्तको सत्कार पाइनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काम सुरु गर्न सकिनेछ। मित्रताको बन्धन कसिनेछ । भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ।    

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यवसायको सन्दर्भमा यात्रा हुनेछ । साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ। दिगो काम थाल्ने समय छ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ । गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। परिश्रम गरे लक्ष्य पूरा हुनेछ। शत्रुबाट भने सजग रहनुपर्ला।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। यात्राको प्रक्रिया अघि बढ्नेछ । धनमाल जोगाउन सजग रहनुहोला।     

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ।    

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

गुरुजनको सुझाव र सहयोगबाट विशेष लाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै अवसर प्राप्त गर्ने समय छ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रयत्न गरे लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।