विराटनगर / नेत्रविक्रम चन्द नेतृत्तवको नेपाल कम्युनिष्ट पाटीले प्रहरीले पक्राउ गरिएको कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ (पुष्कर) र काभ्रे घर भएका कोशी ब्यूरो सदस्य माधव गौतम (आकाश) लाई तत्काल रिहाइ गर्न माग गरेका गरेको छ ।

आइतबार साझ मोरङको कानेपोखरी गाउँपालिकाबाट प्रहरीले पक्राउ गरेको श्रेष्ठ र गौतमलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् । नेपाल क्युनिष्ट पार्टीको पूर्वी कमाण्ड इन्चार्ज विरहीले सोमबार एक विज्ञाप्त जारी गर्दै प्रहरीले गिरफतार शैलीमा श्रेष्ठ र शर्मालाई पक्राउ गरेको र तत्काल नछोडे जनप्रतिरोधमार्फत कडा कदम चाल्ने विज्ञाप्ती मार्फत चेतवनी दिएका छन् ।

सर्च गर्दा ब्यूरो प्रमुख श्रेष्ठ र सदस्य पक्राउ
प्रहरीले आइतबार साझ सर्च गर्ने क्रममा नेत्रविक्रम चन्द समूहका कोशी ब्युरो संयोजक ओखलढुङ्गा घर भएका घनश्याम श्रेष्ठ (पुष्कर) र काभ्रे घर भएका कोशी िब्यूरो सदस्य आकाश शर्मालाई प्रहरीले पक्राउ गरेको थियो । उच्च स्रोतका अनुसार श्रेष्ठ र शर्मालाई गाउँमा बसेर शंकास्पद गतिवधि गरिरहेको अवस्थामा कानेपोखरी गाउँपालिका –४ नारायणचौकबाट पक्राउ गरेको हो ।
मोरङको कानेपोखरी गाउँपालिकामा बिप्लप समूहका नेता तथा कार्यकता रहेको विशेष सूचना पाएपछि प्रहरीको विशेष टोली त्यसतर्फ प्रस्थान भएको थियो । सर्च गरेर प्रहरीले उनीहरूलाई पक्राउ गरको हो । द्वन्द्वकालीन समयमा श्रेष्ठ तत्कालीन माओवादीका ब्यूरो सदस्य थिए । उनी काठमाडौंस्थित मिर्मिरे एफएमका पूर्व अध्यक्ष समेत हुन ।
श्रेष्ठ र शर्मालाई सादा पोषाकमा खटिएको विशेष प्रहरीको टोलीले पक्राउ गरेर विराटनगर ल्याएको सुरक्षा स्रोतको दाबी छ । ब्यूरो प्रमुख श्रेष्ठ र शर्मालाई प्रहरीले पक्राउ गरिएको कोशी ब्यूरो सदस्य प्रज्जवल श्रेष्ठले पुष्टि गरे । प्रहरीले श्रेष्ठ र शर्मालाई पक्राउ गरि चरम यतना दिदै वेपता पारिएको प्रज्जवले आरोप लगाए ।
यता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमखु एसपी मनोजकुमार केसी र प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी केदार रिजालले श्रेष्ठ र शर्मा प्रक्राउ परेको विषयमा कुनै जानकारी दिएको छैनन । पक्राउ परेका भए हामी सबैलाई जानकारी दिने एसपी केसीले बताए । प्रहरीले उनीहरूको माध्यमबाट अन्य विप्लपको समूहलाई पनि पक्राउ गर्ने उद्देश्यले पुष्टि नगरेको सुरक्षा स्रोतको दाबी छ ।