इनरुवा/ विहानै ६ बजे इनरुवाको अदालत जाने चौकमा बासको बेराले बारेको हेर्दा थोत्रा जस्तो देखिने एउटा घर । त्यहाँ बस्ने बासबाटै बनेको भत्केको देखिन ठाउँ । एउटा पुरानो टेवल ,टेबल माथी एक बोरा भुजा र चिउरा,थालमा खोर्सानी,अर्को ठुलो आरीमा चना । त्यो सँगै थालमा बौगुन चप तथा आलु चप सँगै पुराना काटेर राखेको पत्रीकाहरु ।

हेर्दा सामान्य देखिने उनको व्यापार भने ठुलो छ । पसलमा आउँनेहरुलाई जिब्रो पड्काउँने गरी मिठो खान दिएर राम्रौ आम्दानी गर्छन् । थोरै लगानी गरेर पनि राम्रै आम्दानी गर्ने सकिन्छ भन्ने उदाहरण हुन इनरुवा २ का ४१ वर्षिय सेतै दा्रही फुलेका उदय मण्डल ।

पत्रीकामा चना ,चिउरा बेच्न थालेको आज १५ वर्ष भईसकेको बताउँछन् । मेहेनत गरेर लामो समय देखि व्यापार गर्दा आज आफु प्रफुल्ल भएको उनी भन्छन्। सप्तरी इटहरी देखि चना खान आउँने गरेको भन्दै मण्डल भन्छन् मेहेनतले पसल चिनायो ।

दिनको २५ केजी चना बिक्रि हुन्छ । दिनको दुई हजार रुपैया भन्दा बढि कमाई आफुले आर्जन गदै आएको बताउँने मण्डल भन्छन् मैले चना बेचेरै करोड भन्दा बढि कमाईसकेको छु ।६ जनाको परिवार मज्जाले पालेर पनि राम्रै बचत छ । जग्गा जमिन किनेको छु उनी भन्छन् । छोरीको विवाह गरे ७ लाख दहेज दिए मलाई अहिले पैसाको दुःख छैन मेहेनत भने छ उनी गर्भका साथ भन्छन् ।

मण्डलको दिनचर्या चना चिउराबाट सुरु हुन्छ। उनको चना चिउरा लोकप्रिय छरु। निकै मेहनत गरी उनी चना पकाउँछन् । उनको पसलमा चना खादा निकै स्वादिष्ट हुने आईतबार पसलमा चना खादै भेटिएका पत्रकार सन्तोष यादव बताउँछन् । उनी भन्छन् इनरुवा आउदा जहिल्यै यही खाजा खाने गरेको छु ।

सानो व्यवसाय गरेछु भन्ने उनलाई कहिले पछुतो भएन। हेर्दा सामान्य देखिए पनि उनको व्यापार ठूलो छ। दिनभरीमा राम्रै कमाई गर्ने उनी भन्छन् ।

थोरै लगानीमा मेहनत गरे पैसा कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् उनी । मैले मेरो छोलाई पनि विदेश जान दिईन ‘सीप नभएको मान्छे विदेश गएर के गर्नु? उनले भने, ‘आफ्नै देशमा सानै भए पनि काम गर्ने सोच पलाएपछि छोरालाई विदेश जान दिईन् । अहिले छोरा पनि यही व्यवसायबाट सन्तुष्ट छुरु।’ एक दशकको अवधिमा इनरुवाको मुहारै फेरियो, नयाँनयाँ व्यापारिक पसलहरू खुलेका छन। तर इनरुवाको यो पसल सबैको लोकप्रिय छ ।

त्यही दोकानले उनको जीवन फेरिदिएको छ। शाकाहारी खाजा खान उनको ठेलामा भीड लाग्छ। बिहान चना र चिया खान स्थानीय रैथानेहरू एकाविहानै पुग्छन । केहीले थपिथपी खान्छन् ।३० रुपैयामा पेटभर खान पाउँने भए पछि ग्राहकहरुको दिनैभर घुईचो हुन्छ ।

नेपालमा कामै पाईएन,सरकार यस्तो तेस्तो भन्दै विदेशीने युवा जमातले आफ्नै देशमा मेहेनत गरे राम्रो आम्दानी गर्ने सकिने प्रशस्त उदाहरणहरु छन् । जागीर छैन भन्दै हिड्नेहरुले आफ्नै देशमा मण्डल जस्तै मेहेनत गरे राम्रो कमाई गर्ने सक्छन हैन र ?