मधुमल्ला मोरङको मिक्लाजुङ गाउँपालिका –९ मधुमल्लामा भएको निशुल्क स्वास्थ्य शिविरमा तीन सय बढी स्थानीयले सेवा लिएका छन । लायन्स क्लव अफ मिक्लाजुङको आयोजना र गाउँपालिका वडा नम्बर ९ मा रहेको शाझा हेल्थ केयर प्राली  मधुमल्ला र घोपा क्याम्प धरानकोे प्राबिधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको थियो ।

शिबिरमा साधारण देखि सुगर , प्रेसर जाँच ल्याबको पनि ब्यवस्था गरिएको थियो । सबैभन्दा धेरै सेवा लिनेमा बृद्य तथा महिला रहेका थिए भने त्यसमा पनि प्रेसर सम्बन्धिका बिरामीहरु बढी रहेको लायन्स क्लव अफ मिक्लाजुङका अध्यक्ष रुद्र भण्डारीले जानकारी दिए ।

निशुल्क स्वास्थ्य शिबिर बाट जम्मा ३ सय जनाले सेवा लिएका शाझा हेल्थ केयर प्रालि मधुमल्लाका संचालक छत्र डाँगीले जानकारी दिए । जसमा १ सय ९७ जना महिला रहेका थिए ।