राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित बभनगामा टोलमा आगलागि हुँदा ८ घर जलेर जलेका छन् ।

विन्देश्वर साफीको घरबाट सल्केको आगोले उनीसहित मन्नु साफी, प्रसाद साफी, अनन्दा साफी र प्रयाग साफीका ८ घर जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिए । राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाको दमकल, स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगलागिमा करिव २५ लाख क्षती भएको प्रारम्भिक अनुमान छ ।