भारत/ नेपालको ग्रामिण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पश्चिम बंगालको कलकत्तामा शुक्रबारबाट तीनदिने सुन्तला महोत्सव सुरु भएको छ । हिमालयन सुन्तला पर्यटन महोत्सवमा नेपाल, भारत बर्मा र भुटानका सुन्तलाको स्टल राखिएको छ ।

भारतको दार्जिलिङस्थित ‘एसोसिएसन फर कन्जरर्भेसन एण्ड टुरिजमुले सुन्तला महोत्सवको आयोजना गरेको हो ।

कलकत्ताको सिटी सेन्टरमा राखिएको महोत्सवको उद्घाटन पश्चिम बंगाल सरकारका पर्यटनमन्त्री गौतम देव र नेपालका महावाणिज्य दूत एकनारायण अर्यालले गरे । कोलकातामा सन् २०१४ देखि हरेक द’ई वर्षमा सुन्तला महोत्सव हुँदै आएको छ ।

नेपाल, भारत र भुटान मिलेर ग्रामीण पर्यटन प्रबद्र्धन गर्नका लागि सुन्तला महोत्सव आयोजना गरिएको आयोजक एसोसिएसन फर कन्जरर्भेसन एण्ड टुरिजमका कन्भेनर राज बशुले बताए । महोत्सवमा सुन्तला तथा अन्य सामाग्रीको प्रदर्शनसँगै बिक्री पनि गरिँदैछ ।

२ लाखभन्दा बढीले महोत्सव अवलोकन गर्ने उनको भनाइ छ ।

कलकत्ताका पर्यटकलाई नेपालमा भित्र्याउने उद्देश्यका साथ नेपालका पर्यटन व्यवसायी पनि महोत्सवमा सहभागी हुँदै आएका छन् । महोत्सवमा नेपालबाट ९०, भुटानबाट ३२ र भारतबाट ५ सय भन्दा बढीले सहभागिता जनाएको बशुले जानकारी दिए ।

महोत्सवमा नेपालका तर्फबाट ताप्लेजुङ, पाँचथर, इलाम, भोजप’र, धनकुटा, तेह्रथुम र संख’वासभाको सुन्तला ल्याइएको ग्रामीण पर्यटन पबद्र्धनका क्षेत्रमा काम गर्दै आएका अर्जुन कार्कीले बताए ।

कोलकाताको सुन्तला महोत्सवबाट नेपालको पर्यटन प्रवद्र्धनमा निकै फाइदा पुग्ने उनको भनाइ छ । ‘के गर्दा ग्रामीण पर्यटन प्रबद्र्धन गर्न सकिन्छ भनेर लागिपरेका छौँ,’ ग्रीन जेनेरेशन झापाका अध्यक्षसमेत रहेका कार्कीले भने, ‘उत्पादन घटेका कारण यसपटक नेपालबाट १० हजार दाना मात्र सुन्तला ल्याएका छौँ ।’

महोत्सवमा नेपालको १० भन्दा बढी जिल्लाका तर्फबाट ५ वटा स्टल राखिएको छ । स्टलमा सुन्तलासँगै छुर्पी, अलैँचीलगायत कृषि उपजका सामान राखिएको छ । त्यसका अलाबा ढाकाको उत्पादन र इस्कुसको मःम सोत बिक्रीमा राखिएको छ ।

ताप्लेजुङबाट सुन्तला लिएर आएको टोलीले पाथीभरा देवीको प्रचार गरिरहेको छ । आफूहरुको मुख्य उद्देश्य नै पाथीभराको प्रचार रहेको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेले बताए ।

महोत्सवमा इलामको सलकपुर, धरान कृषि बजार तथा धरानकै ट्राभल्स व्यवसायीको समेत सहभागिता छ ।

‘सुन्तला महोत्सवले नेपालको पर्यटन प्रबद्र्धनमा धेरै ठूलो फाइदा पुग्छ,’ धरानका पर्यटन व्यवसायी बाशुदेव बरालले भने, ‘हामी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले पनि प्रचारमा जुटेका छौँ, पश्चिम बंगालका मान्छेलाई नेपालको कन्चनजंघा, मकालु, सगरमाथा, पाथीभरादेवीको मन्दिरबारे जानकारी गराउन सकिन्छ ।’ आफूहरुले माउन्टेन फ्लाइट, स्क’टी राइड तथा हिले र इलामको सन्दकपुरसम्मको यात्राको प्याकेजसमेत लिएर कलकत्ता आएको बरालले बताए ।

महोत्सव अवलोकन गर्न आएका कलकत्ताकी सुनिता जलानका अनुसार नेपालको सन्तलाको स्वाद निकै स्वादिलो छ । नेपालको सुन्तलाको बोक्रा पातलो हुने र अन्य देशका सुन्तलाको तुलनामा मिठो ह’ने उनले बताइन् । भारतको दार्जिलिङ सिक्किम, मणिपूर, त्रिपूरा र अरुणाचलमा सुन्तला उत्पान हुन्छ ।

तर, त्यो सुन्तलाले भारतका उपभोक्तालाई पुग्दैन । भारतीय उपभोक्ताले नेपालको सुन्तला प्रयोग गर्ने गरेको आयोजक एसोसिएसन फर कन्जरर्भेसन एण्ड टुरिजमका कन्भेनर बशुले बताए । भारतीय बजारमा अहिले पनि नेपाली सुन्तलाको माग उच्च छ ।

तर, नेपालको सुन्तलाको प्रचारप्रसार भने हुन सकेको छैन ।

नेपालका महावाणिज्य दूत एकनारायण अर्यालले सुन्तला मात्र नभएर नेपालको अलैँची, चिया तथा ग्रामीण पर्यटनलाई प्रचार गर्न यो महोत्सवले सहयोग पुर्याउने बताए । महावाणिज्य दूतावासले पर्यटनसँग सम्बन्धित नेपाल र भारतका संस्थालाई समन्वय गराएर पर्यटनमा सहकार्य गराउने उनको भनाइ छ ।