संसार ठुलो छ तर ईन्टरनेटको माध्यमले हात मै संसार ,कम्प्युटर मै संसार भएर संसार सानो भएको छ । प्रजातन्त्र लोकतान्त्रिक गणतन्त्र पश्चात् सामाजिक सञ्जाल र सञ्चार मा निकै फड्को मारेको छ । ईन्टरनेट सुबिधा लिने को संख्या बाढ्दो छ । 

स्मार्ट फोनको सुबिधा पश्चात् सबै खाले सञ्चार माध्यम ,सामाजिक संजाल फेसबुक, ह्वाट्स अप, ट्विटर , इन्स्ट्राग्राम ,गुगल जस्ता प्लेटफर्म मा हुने सूचना प्रवाह लाई प्रयोगमा ल्याउन थाले ।

प्रबिधिको प्रत्येक नँया लहर ले उत्पादन र ज्ञान प्रतिको पहुँच बढायको छ । प्रबिधिले बिश्व ब्यापिकरण र अर्थतन्त्रलाई उर्जावान बनाएको छ । जीवनलाई सहज बनाएको छ । भौगोलिक र भौतिक रूपमा आफूबाट टाँढा भएकोहरुलाई साथमा रहे जति कै भावनात्मक रूपमा जोडेको पनि छ ।

सयौँ समुन्द्र पार भयका आफन्त जनहरु हिजोआज यहीँ सामाजिक सञ्जाल कै माध्यमबाट भिडियो कल मार्फत प्रत्यक्ष देखा-देख गर्दै हेराहेर गर्दै भलाकुसारी गर्न सक्छन् ।सामाजिक सञ्जाल मार्फत आफ्नो कार्यक्रमको जानकारी ,बिजनेस प्रमोसन, गर्न सकारात्मक प्रयोग हुन पर्ने तर हाल सामाजिक सञ्जालको सकारात्मक प्रयोग भन्दा नकारात्मक प्रयोग बढी भएको पाइन थालिएको छ ।

सामाजिक सञ्जाल विशेष फेसबुक दुरुपयोग हुन थालेको छ । फेसबुक मार्फत आफूलाई चित्त नबुझेको व्यक्तिको चरीत्र हत्या गर्न ,सानो कुरालाई तिलको पहाड बनाएर उछितो काड्ने सञ्जाल बन्न थालेको छ । फेसबुक म्यासेन्जर र भाइबरमा अपरीचित व्यक्तिले बोलाउदा नबोलेको कारण फाेहोर शब्द प्रयोग गर्ने ,अश्लील तस्वीर पठाउने, यौनिक हिंसा हुने गरेको पाइन्छ ।

महिला अन्लाईन देख्ने बित्तिकै यौनजन्य कुरा नै गर्न पर्छ भन्ने आशयका साथ मध्यरातमा बोल्न खोज्नेहरुको सख्या पनि धेरै हुन्छ ।  ईन्टरनेटमा बसेर काम गर्ने कामकाजी महिलालाई सामाजिक सञ्जालमा हिंसा हुने गरेको धेरै पाइन थालेको छ ।

सामाजिक सञ्जालमा अधिकांस गाली बेइज्जत ,चरीत्र हत्या महिलाको नै गर्ने गरिन्छ । यसले ती महिलाको घरमा परीवार र समाज भित्र कति नराम्रो असर गरेको हुन्छ ती भोग्ने महिलालाई मात्र थाहा छ । मैले त मेरो गुरुलाई खुट्टा मर्किएको बेला औसधी लगाइदिएको भनेर स्पष्टिकरण कति ठाउँमा ,क-कसलाई मात्रै दिन पर्यो ,उनले त्यो पिडा अहिलेसम्म पनि भोगिरहेको छिन् ।

त्यो पेजमा उनको र गुरुको फोटोको चरीत्र हत्या हुने गरि को फोटो शिर्षक ,फोटो को तल गरीएका कमेन्टहरुले निकै लामो समयसम्म निदाउन समेत नसकेको अवस्था थियो ।

त्यो फोटो हटाउन अनुरोध गर्दा पनि हटाउन नमानेपछि प्रहरी परिसर टेकुमा झन्डै एक महिना अगाडि एक नर्सिङ क्याम्पसमा अध्यापन गराउदै गरेकी नर्स पेशामा रहेकी एक युवा महिलाले आफ्नो गुरुको खुट्टा मर्किएको अवस्थाको तस्वीरलाई उनको श्रीमानको फेसबुक एल्बमबाट लिएर बदनाम हुने स्टाटस सहित तस्वीरको दुरुपयोग गरे ,ती महिलाको उजुरीका आधारमा उक्त तस्विर पोस्ट गर्ने लाई चरीत्र हत्याको आरोपमा साइबर क्राइम कसुर अन्तर्गत रु.एक लाख धरौटीमा छोडिएको छ भने ,उक्त पेजका एड्मिनलाई रुपैया बीस हजार धरौटीमा रिहा भएको समाचार व्यापक भएको थियो ।

यस्तै एक अन्लाईनमा आफुलाइ कोहि गुरुको शिष्य हु, महिला अधिकारकर्मी भन्ने एक महिलाले दुरासयपुर्ण बिना प्रमाणका फोहोरी अश्लील शब्दहरु सहितको अभिव्यक्ति भएको अन्तर्वार्ताले त्यो संस्थासँग आवद्ध आम महिलाहरुलाई नै नकारात्मक असर परेको पाइन्छ ।

कुनै पनि ब्यक्ति ले आफुले सोसल मिडियामा बोलेको कुराको जिम्मेवारी लिन सक्नुपर्छ । कपोकल्पित कुरा बोलेर सबैलाई तनाव दिन हुदैन । आरोप लगाउने महिला विरुद्ध काठमाडौ जिल्ला अदालतले पक्राउ आदेश जारी गरेको छ, तिनी मोबाइल अफ गरेर ,सामाजिक संजाल प्रयोग नगरेर लुकिछिपी बसीरहेकी छन् ।

त्यो प्रतिष्ठित संस्थामा सहभागी हुने महिला सबै त्यहीँ गलत प्रकारको हुन्छन् कि भन्ने भ्रम पैदा गराउनाले अहिलेसम्म पनि मानसिक तनावमा रहेको अवस्था छ ।

त्यो सस्थासँग आवद्ध महिलाहरुले विभिन्न खाले प्रश्नहरुको सामना गर्दै हिड्नु परेको अवस्था छ ,उल्टै सोह्र दिने अभियानको नाममा हजारौं महिलाहरुलाई मानसिक हिंसा गराइरहेको छिन् ।

सार्वजनिक नैतिकता र शिस्टचार विरुद्धका सामग्रीहरु प्रसारण गर्न नहुने ,कसै प्रति द्वैस घृणा फैलाउने ,कुनै पनि जातजाति ,सम्प्रदाय बीच सम्बन्धमा भ्रामक अभिव्यक्ति सार्वजनिक गरेर खलल पुर्याउने, भ्रम फैलाउन मद्दत गर्ने सामग्री प्रकाशन, प्रसारण वा प्रदर्शन गर्न नहुने स्पष्ट हुँदा हुँदै भ्रामक कुरा फैलाएर महिलाले नै महिला माथि हिंसा गरीरहेको अवस्थामा बिधुतिय कारोबार अपराध ऐन अन्तर्गत कार्वाही गरेर यस्ता हिंसाबाट मुक्त गराउन पर्छ ।

बिधुतिय कारोबार ऐनको दफा ४७ को उपदफा १ मा कम्प्युटर , ईन्टरनेट लगायत बिधुतिय सञ्चार माध्यमबाट प्रचलित कानुनले प्रकाश तथा प्रदर्शन गर्न नहुने सामग्री सार्वजनिक गर्न नहुने उल्लेख छ तर यो साइबर ल माथि सम्बन्धित निकायको ध्यानाकर्षण भएको देखिदैन ।

जसलाई जसको बारेमा जे बोल्न र लेख्न मन लाग्छ सबै कुरा सार्वजनिक गरीरहेका छन् । बिधुतिय कारोबार ऐन पत्रकारीतासँग आबद्ध व्यक्ती वा संस्थालाई पनि लागु हुनु पर्छ जस्ले भ्रम फैलाएर महिला माथी हिंसा गरीरहेको हुन्छन् ,

ती सबैलाई कानुन को दायरामा ल्याएर हदैसम्मको सजायको भागेदार बनाउन पर्छ नत्र अर्काको बदनाम गर्नेहरु मौलाइ रहन्छन्,महिलाहरु पिडा सहिरहन बाध्य हुनेछन् तसर्थ सञ्चार मंत्रालय, नेपाल सरकारले साइबर क्राइम अर्थात बिधुतिय कारोबार ऐनलाई क्रुर बनाएर नियन्त्रणमा ल्याउनु जरुरी छ ।

महिलाहरु सामाजिक प्रतिस्ठाको कारण पनि यस्ता हिंसाको उजुरी गर्न जादैनन् । त्यसकारण पनि यस्ता हिंसा गर्ने पीडकहरु उत्साहित भैरहेको छन् । नेपालमा साइबर ल पनि छ भन्ने अवगत हुन जरुरी छ ।

सामाजिक सञ्जाललाई नियन्त्रण गरेर प्रयोगकर्ताहरुलाई नियन्त्रणमा राख्न विभिन्न निति नियम बनाएर चेतनामूलक जानकारी दिने नियमकारी व्यवस्थाको प्रत्याभूत दिन ऐन जटिल खालको ल्याउनु जरुरी छ ।