सुनसरी /  सुनसरीको देवानगंज गाउँपालिका-७ स्थित बुढीखोलामा करेण्ट लागेर मंगलबार १ युवकको मृत्यु भएको छ । करेण्ट लागेर सोही गाउँपालिका सरदार टोल बस्ने बर्ष १८ को संजय सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सरदारलाई साँझ ५ बजेको समयमा घरबाट तार टागेर बुढीखोलामा तार जडान गर्न क्रममा अचानक करेण्ट लागेको थियो । करेण्ट लागेर गम्भीर घाइते उनलाई उपचारको लागि बिराटनगरस्थित नोबेल अस्पताल पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा साँझ सवा ५बजे मृत्यु भएको हो छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।