उदयपुर/ नेपाल विद्यार्थी संघले उदयपुरले गरेको सरकार विरोधी प्रदर्शनमा २ जना घाइते भएका छन् । प्रधानमन्त्रीको पुत्ला दोहन गर्ने क्रममा एक सुरक्षाकर्मी र एक प्रदर्शनकारी घाइते भएका हुन् ।

काभे्र नेवि संघका कार्यकर्ता पक्राउ परेको विरोध गर्दै सोमबार साँझ गरेको प्रधानमन्त्रीको पुत्ला दोहनसहितको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो । नेवि संघका कार्यकर्ताहरुले गाईघाटको लोकतान्त्रिक चोकमा प्रधानमन्त्रीको पुत्ला जलाउन लाग्दा प्रहरी र प्रदर्शनकारीबीच आगोको पुल्ठो खोसाखोस हुँदा सशस्त्र प्रहरीका हवल्दार लक्ष्मणबहादुर श्रेष्ठ र नेवि संघ जिल्ला सदस्य प्रल्हाद खत्री घाइते भएका हुन् ।

पेट्रोलसहितको आगोको पुल्ठोले आँखामा असर पर्ने गरी जलेको छ भने कार्यकर्ता खत्रीको दुबै हात जलेर चोट लागेको छ । घाइते दुबैको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।