[caption id="attachment_89278" align="aligncenter" width="607"] फायलफोटो[/caption] पथरी/ बाबुले हत्या गरेको एक दशक पछि छोराले आफ्नै गाउँमा एक युवाको विभल्स हत्या गरेका छन् । उतिबेला बाबुले हत्या गरेको केशलाई कारण देखाउँर्दै पथरीशनिश्चरे–८, स्थीत दोहलु शुक्रबारेका नाम परिवर्तन किरण बिकले आफ्नै छिमेकी बिजय खड्काको बिभल्स हत्या गरेका छन् । बिष्टले शिवजी चौकका सोमरा उराउँको घरमा शुक्रबारे राती ८ः बजे लखेटी लखेटी धारीलो हतियार खुकुरीले काटी हत्या गरेको थियो  घटना स्थल भने बिष्ट र खड्काको घरदेखि उतिकै दुरीमा लगभग ६ मिटर टाढाको दोहलु शुक्रबारे–पथरी जाने सडकको सटेको घरमा भएको थियो । स्थानीयको अनुसार सोमरा उराउँको घर भने युवाहरुको जहिले गाँजा पदार्थ जन्य खाने घर हो । घटना भएको दिन सोमरा र उनको श्रीमती छुतदेवी उराउँ पनि घरमै थिए। घटनाको प्रत्यक्ष दर्शी सोमरा भन्छन् मेरोमा आएर गाँजा भरेर खान थाले अनि हत्या भयो, म आफ्नो ज्यान जोगाउँन धाउँधाउ भयो । घटना भएको दिन दुवैजना कतैबाट मादक पदार्थ खाएर आउने क्रममा गाँजा खाने बाहानामा बिष्टले सोमराको घरमा ल्याएका थिए । गाँजा चुरोटको खोलमा भरेर बिजयले तान्न थाले पछि आफ्नो ढाडमा लुकाएर ल्याएको खुकुरी निकालेर बिष्टले बिजयलाई काट्न थालेको  प्रहरीको बयानमा बिष्टले बताए । मृतक खडकाले बिष्ट हानेकोखुकुरी रोक्ने हुदाँ दाहिने हातको दुईवटा औँला छिनेरको अवस्थामा घटना स्थलमा प्रहरीले भेटेका थिए . घटना भएको स्थलमा वरीपरि घरनै घर छ . घटना स्थलबाट ५७ फिट दक्षिण पदम बहाद’र दर्जीको घरको भित्तामा छेदविछेत अवस्थामा खड्काको लास प्रहरीले भेटेका थिए । खड्का घाइते भएपछि हारगुहार गर्दै धेरै स्थानमा भाग्ने प्रयास गरेको खुनको टाटाहरुबाट देखिन्छन्  । खड्काको अनुहार, घाटी,टाउँको र दुवैहातमा पटक पटक काटेको र लास्टमा बिष्टले छेतविछेत काटेको टाउँको र अनूहारमा ढुङ्गाले किच्चाएको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर कमल बंजगाईले बताए । बिष्टले हत्या गरिसके पछि घटना स्थल देखि लगभग ५ मिटर टाढा शिवजि चौक हूदै शूक्रबारे चौकमा वडा सदस्य ख्याम गौतमको घरमा खुकुरी सहित रक्ताम्मे पुगेर बिजय खड्कालाई हत्या गरेको सुनाउँदै प्रहरी बोलाइदिन आग्रह गरेका थिए  । प्रहरीले उनलाई ३ बजे सोही स्थानबाट पक्राउ गरेको इस्पेक्टर बंगाईले बताए  । शनिबार मृतकका बाबु इन्द्र खडका सहितको परिवारले किटानी जाहेरी दिदैँ हत्यारा एक्लै नभई सामूहिक भएको बताउँर्दै यथासिघ्र छानविन गरी अन्य हत्यारा पक्राउ गरिदिन माग गरेका छन्  । एक दशक अघि बाबु ले यसरी गरेका थिए हत्या एक दशक अघि गाउँमा पाहूना आएका खोटाङका मालपोतमा लेखन्दास गर्ने एक व्यक्तिलाई रकमको बिषयमा आफ्नै गाउँमा पाहूना आएको बेला हत्याराका बाबु अजर्’न बिष्टले हत्या गरेका थिए । हत्या पछि जेलजीवन बिताउँर्दै आएका बिष्टले ४ बर्ष अघि जेलमै मृत्य’ भएको थियो । आफ्नो आमाको ६ बर्ष अघि घरमै  मृत्यू भयो ।  हत्यामा संलग्न बिष्ट सहित २ जना भाईसँग घरमा बस्दै आएका थिए । एकै गाउँमा चारजना हत्यारा २0७३ साल साउन २0 गते हिजो घटना भएको घरछेउका  दिलिप भनिने मानबहादूर घतानेले पथरीशनिचरे स्थीत शनिचेरे बजारका  समिक्षा कार्कीलाई छ’रा प्रहार गरी हत्या गरेको थियो . घताने अहिले जेलजीवन विताई रहेका छन् । त्यसैगरी ५ बर्ष अघि सोहि ठाउँमा गणेश माझाीले आफ्नो बाबूलाई हत्या गरेका थिए  । माझी अहिले जेलजीवन बिताईसकेर निस्केका छन्  ।