पथरी / मोरङको पथरीशनिश्चरे–१, स्थीत सुनाखरी क्लवको आयोजनामा भएको प्रथम पथरीशनिश्चरे खुला नकआउट फुटवल प्रतियोगिताको उपाधि लेटाङ फुटवल क्लवले चुमेको छ । सोमबार भएको फाइनल खेलमा पथरी स्पोट्रिङ क्लब पथरीलाई ०–३ गोलको अन्तरले परिजित गर्दै लेटाङले उपाधि चुमेको हो । निर्धारित ६० आैं मिनेटको खेलमा लेटाङले खेलको पहिलो हाफमा अभिषेक लिम्बूले १ गोल लगाएका थिए। पथरीका डिफेन्डरले लेटाङका स्टाइगरलाई डिबक्स एरिया भित्र फल गरे पछि लेटाङका पेलान्टी हान्ने अवसर पाएका थिए ।

खेलको ५४ औं मिनेटमा लेटाङका सुमन लिम्बुले फ्रिकिक मार्फत उत्कृष्ठ १ गोल गरेका थिए । त्यसको लगतै खेलको ६० औं मिनेटमा फेरि फ्रिकिक मार्फत नै लेटाङका उमेश कार्कीले अर्को गोल थपेपछि ३–० मा खेल समाप्त भएको थियो ।लेटाङले विजेता वन्दै नगद ५१ हजार १ सय ११ रुपैया, मेडल र प्रमाण पत्र पाएका छन् भने उपविजेताले पथरीले ३१ हजार १ सय ११ मा चित्त बुझाँएका छन् ।खेलको म्यान अफदि म्याच लेटाङका उमेश कार्की,वेष्ट गोलकिपर अज्जित श्रेष्ठ,वेष्ट डिफेन्स अभिषेक लिम्बु, वेष्ट मिडफिल्ड पथरीका असिम राई,सर्वाधिक गोलकर्ता पथरीका अरुण लिम्बू’,सर्वउत्कृष्ठ खेलाडि साईमन लिम्वू र उद्यमान खेलाडि पथरीका विशाल पाण्डे घोषित हुदै पुरस्कृत भएका छन् ।