इलाम । इलाम नेपाल प्रेस युनियन इलामको अध्यक्षमा बिप्लव भट्टराई सर्वसम्हत निर्वाचित भएका छन् । सोमबार भएको जिल्लाको आठौँ अधिवेशनबाट भट्टराईको नेर्तत्वमा नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा सविता पाण्डे र सुनिता राइ, सचिवमा टिका खतिवडा, सह सचिवमा यमुना लुइटेल र कोषाध्यक्षमा राजीव न्यौपाने चयन भएका छन् । समितिको सदस्यहरुमा शिवकुमार थापा, दुर्गाभवानी पोख्रेल, प्रकाश नेपाल र नरेन्द्र थापा चयन भएका हुन् । अधिवेशनले तोयानाथ भट्टराई, ठाकुर नेपाल, दिपकराज शर्मा, दिनेश महत विनु खड्का, धर्मराज शर्मा, नरबहादुर बस्नेत, विनय तिम्सिना, गोपाल निरौला, गगन घिमिरे, कृष्ण पाठक, लिला थापा, विवेक घिमिरे, रेष्मा अधिकारी, मिना खतिवडा, सरस्वती लिम्बु, कृष्ण्कला खतिवडा, सुमित्रा खड्का, सिर्जना श्रेष्ठ र सुजता सुनुवारलाई प्रदेश पार्षदमा चयन गरिएको छ । अधिवेशनले विजयशेखर भट्टराई, कुवेर निरौला, सोमनाथ सुसेली, गणेश घिमिरे, प्रेम अधिकारी, लोकेन थेवे, जीवन शर्मा, रोमन आचार्य, हरिअसिम अधिकारी, उर्मीला सुवेदी, प्रतिभा पौडेल, लता कटुवाल र अञ्जना ढुङ्गनालाई केन्द्रीय पार्षद चयन गरेको छ ।