पानवारी । धरान–११ स्थित सगरमाथा बस्तीकी एक १२ वर्षिय बालिका बलात्कृत भएकी छन् । बालिका एक्लै भएको मौका छोपेर छिमेकी ३० वर्षिय दुर्गाबहादुर विकले नजिकैको पार्कमा लगेर ललाई फकाइ बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जनाएका छन् । साझँ छिप्पिदै गर्दा पनि छोरी घरमा नआएपछि उनलाई खोजी गर्न उनकी आमाले छोरी र विकलाईसँगै भेटेकी थिइन् । पीडितकी आमाले विक विरुद्ध इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेकी छन् । विकले नशाको सुरमा बलात्कार गरेको बुझीएको छ भने थप अनुसन्धानको लागी जिल्ला अदालत सुनसरीबाट विकलाई ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको समेत प्रहरीले जनाएको छ ।