काठमाडौँ/ राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष पुगेका छन् । राष्ट्रकवि घिमिरे सय वर्ष पुगेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मोत्सवको शुभकामना दिएकी छिन् ।

 राष्ट्रपति भण्डारीले उनलाई आज विहान राष्ट्रकवि निवास लैनचौर पुगेर बधाई दिँदै उपहार प्रदान गरेकी छिन् । घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी हुन् । १९७६ असोज ७ गते लम्जुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको सयौं जन्मोत्सवका अवसरमा असाेज १३ गते रथयात्रा हुँदैछ ।