इटहरी/ इटहरीका एक पसलले करोडौँ उठाएर फरार भएको खुलसा भएको छ । इटहरीमा रहेको भिमदिङ याङ्गसाम ज्वेलर्सले सर्वसाधारणको करोडौँ रुपैयाँ लिएर फरार भएको खुलसा भएको हो ।

आठ करोड भन्दा बढि सर्वसाधरणको रकम उठाएर ज्वेलर्स सञ्चालक भागे पछि बचतकर्ताहरुको रुवाबासी मच्चिएको छ ।  इटहरीका ८ का स्थानीय राजकुमार गजमेरले आफ्नो परिवारको जम्मा २१ लाख ढुबेको गुनासो गरे ।

ब्याजको लोभमा परेर जयबहादुर विश्वकर्मा श्रीमती सुभद्रा र दिदि अन्जनाको गरी जम्मा २१ लाख राखेको रहेछन् सञ्चालक फरार भएर तनाब भयो गजमेरले भने । केहि दिन देखि भागेको हल्ला भयो हामी अहिले जग्गा रोक्का गर्ने तयारी गर्दैछौँ ।

शुत्रबार सम्म ६० जनाको ८ करोड बढि रकम ढुबेको कारण अहिले आफुहरु संगठित हुदै गरेको गजमेरले बताए । सर्वसाधरणको करोडौँ रुपैयाँ ढुबाएर फरार भए पछि अधिकांस बचत कर्ताहरुको बिल्लीबाठ भएको उनको भनाई छ।

हामीहरु अहिले ठुलो समस्यामा परेका छौँ,  सञ्चालकद्धय मानकुमार लिम्बु र शीला लिम्बुले सर्वसाधरणको पैसा लिएर फरार भएको उनीहरुले बताएका छन ।  बिना अनुमती अबैध रुपमा खुलेको सुन पसलहरु धमाधम फरार तथा डुब्न थाले पछि सर्वसाधरणको करोडौँ रुपैयाँ जोखिममा पर्न थालेको हो ।

एक महिलाले नाम नबताउँने सर्तमा भनिन् मैले राखेको पैसाको बारेमा परिवारले थाहा पाए झनै समस्या हुन्छ । श्रीमानले विदेशबाट पठाएको पैसा राखेको भए पनि अहिले सुन पसलका सञ्चालक फरार भए पछि आफु समस्यामा परेको उनको भनाई थियो ।

केहि महिना अगाडी सिआईबीले अबैध सुन पसलहरुमा छापा मारे पछि सुन पसलहरु डुबेको भन्दै भाग्न थालेका छन् । तरहरामा रहेको सिंहदेवि ज्वेलर्सले सर्वसाधरणको १५ करोड भन्दा बढि रकम ढुबाएको भन्दै सञ्चालक दिपक गजमेर सहित कारागार चलान भएका छन् ।  सर्वसाधरणले महंगो ब्याजको लोभमा राखेको रकम धमाधम डुब्न थाले पछि सर्बसाधरणहरु समस्यामा परेका छन् ।

इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिव श्रेष्ठले भने सुनचाँदी व्यबसायीहरु फरार भएको बताए । उनले भने सर्बसाधरणको रकम लिएर फरार भन्ने सुने पनि आधिकारिक उजुरी भने प्रहरी कार्यलयमा परेको छैन । यस अघि पनि हामीले सर्वसाधरणलाई सुन पसलमा पैसा नराख्न सुभाब दिईको थियौ,सर्बसाधरण ढुब्ने क्रम रोकिएन डिएसपी श्रेष्ठले भने ।

आर्थिक कारोबार ठप्प पछिल्लो केहि महिना यता सुनसरीको तरहरा आर्थिक रुपमा ठप्प भएको छ । एक पछि अर्को सुन पसलहरुले हात उठाउँदै गए पछि सर्वसाधरणको करोडौँ रकम जोखिममा पर्न थालेको हो । तरहरामा रहेको सिंहदेवि ज्वेलर्सका सञ्चालक दिपक गजमेरले सर्वसाधरणको रकम डुबाएको हल्लाले अहिले तरहराका अधिकांस सुन पसलमा सर्वसाधरणको रकम जोखिममा हुन पुगेको हो ।

तरहरामा रहेको ठुला भनिएको ओम साई ज्वेलर्स, किरातेश्वर ज्वेलर्स र न्यू गजमेर ज्वेलर्स ,रुपाली कर्नरएण्ड मनि ट्रान्सफरले पनि सर्वसाधरणले राखेको बचत फिर्ता गर्न सेकेका छैनन् । उनीहरुले आफुहरु डुबेको भन्दै बचतकर्ताहरुलाई धेरै रकममा सस्तो जग्गा भिडाउँदै आएको सर्वसाधरणहरु बताउँछन् ।

स्थानीय एक अगुवा नेताले भने तरहरामा सुन पसलकै कारण आर्थिक रुपमै धरासायी भएको बताए । ठुलो कारोबार हुने सुनपसलहरु डुबे पछि आर्थिक कारोबार ठप्प जस्तै भएको स्थानीयहरु बताउँछन् ।