भद्रपुर/संबिधान दिवसको अवसर पारेर गरिएको रक्तदानमा ४ महिलासहित ३९ जनाले रगत दान गरेका छन् । रोटरी क्लब अफ् भद्रपुरको आयोजना तथा रेडक्रस उपशाखा भद्रपुरको संयोजनमा उनिहरुले रगत दान गरेका हुन् ।

भद्रपुर–८ सगरमाथा चोकमा भएको कार्यक्रममा ए.जी जोन–२८ रोटरी क्लब अफ बिर्तामोड मिड टाउनका उमेश डालमियाको प्रमुख आतिथ्य तथा क्लबका भद्रपुर अध्यक्ष भेषराज ढकालको समापतित्वमा सम्पन्न कार्यक्रमको संयोजन विगत ओझाले गरेका थिए । कार्यक्रममा उद्योगी,व्यवसायी,प्रहरी,पत्रकार लगायतले रगत दान गरेका थिए ।

क्लबका पूर्व अध्यक्ष किशोर पराजुली, दिपेश ढकाल,राज कुमार पोखरेल, सचिव विनोद चापागाइ, सहसचिव इश्वर अधिकारी लगायतको उपस्थिती रहेको थियो ।