इलाम । सरकारी अस्पतालप्रति मोह घट्दै गएको इलाम अस्पतालमा जाने बिरामीहरु बताउँछन् । इलाम नगरपालिका वार्ड नम्बर छ निवासी मीना सुबेदीले स्वास्थ्य बीमामार्फत ११ सय प्रकारका औषधी पाइने भनिएतापनि अस्पतालमा आफूलाई आवश्यक औषधी समेत उपलब्ध नभएको गुनासो गरिन् । उनले विशेषज्ञ डाक्टर नहुँदा बाध्यताले प्राइभेट क्लिनिक जानु परेको र महगों औषधी उपचार गरिरहनु परेको बताँउछिन् । यति मात्र नभई जिल्ला अस्पताल इलाममा आउने अधिकाशं बिरामी रेफर भएर अन्य ठाँउमा जान बाध्य छन् । बिरामीको समस्या त छदैँ छ अस्पतालको समेत समस्या भएकाले नै बिरामीको उपचार गर्न कठिनाई भएको अस्पातल प्रसाशनले जनाएको छ । अस्पतालमा दैनिक ३०० को हाराहारीमा बिरामी आउने गरेका छन् । दैनिक तीन जना मेडिकल अधिकृतले मात्र बिरामीको उपचार गर्नुपरेको र सबै जिल्ला बाहिरका रहेकाले डाक्टरलाई समस्या परेको अवस्थामा बिरामीको चेकजाँच गर्न समेत समस्या छ । दैनिक बिरामकिो भिडभाड हिुने भएकाले समय दिएर समेत जाँच गर्न नसक्दा उपचारमा कठिनाई हुन्छ यस्तो समस्याले मुख्य बिरामलिाई त छदैँ छ, अस्पताललाई समेत कठिनाई भईरहेको जिल्ला अस्पताल इलामकी नायव सुब्बा रिता अधिकारी बताउँछिन् । इलाम अस्पताल इलाममा जम्मा ६२ जनाको दरबन्दी रहेकोमा हाल ३२ जनाको मात्र दरबन्दी पूरा छ । ३२ मध्ये पाँच जना काजमा रहेकाले पूरा कार्यरत भने २७ मात्र रहेको अस्पतालको प्रसाशनले जनाएको छ । ५० सौयाको अस्पताल रहेपनि दरबन्दी भचएर डाक्टर नबस्नाले बिरामकिो उपचारमा समस्या हुने गरेको हो । जसमध्ये बालरोग विशेषज्ञ एक जनाको दरबन्दी भएतापनि उक्त पद रिक्त रहेको साथै अब्स तथा गाइनो,सर्जरी,रेडियोलोजी,मानसिक रोग विशेषज्ञ,एनेस्थेसियोलोजी,जनरल फिजिसियन डेन्टिस्ट समूहका पदहरु समेत रिक्त रहेका छन् । पाँच जनाको दरबन्दी मेडिकल अधिकृतमध्ये एक जनाको पद रिक्त रहेको छ भने एक जना काजमा रहेको तथ्यांकमा उल्लेख छ । यस्तै फिजियोथेरापी,,फामेर्सी निरिक्षक,बायो मेडिकल टेक्निसियनको १ दरबन्दी हुनुपर्नेमा सो पद रिक्त रहेको तथ्यांकमा उल्लेख छ । यस्तै अस्पतालको कार्यलय सहयोगीहरुको संख्या ११ जना हुनुपर्नेमा तीन जना मात्र रहेको र आठ रिक्त रहेकाले अस्पतालको सरसफाई लगायतमा समेत समस्या रहेको छ । इलाममा सम्बन्धित डाक्टरहरुभन्दा माथिको डाक्टर नभएका कारण समेत जोखिम काम गर्नुपरेकाले डाक्टरहरु नबस्ने अस्पताल प्रशासनक िनायव सुब्बा रिता अधिकारी बताँउछिन् । नेपाल सरकारको सेवा सुविधालाई मध्यनजर गरेर सानो क्षेत्रभन्दा ठूलो ठाँउमा जान डाक्टरलाई सुविधा हुनाले पनि इलाममा जनशक्ति अभाव रहेको उनको भनाइृ छ । दरबन्दी अनुसार कर्मचारी नहुँदा बिरामीको उपचारमा समस्या आउने गरेको छ । अन्य जिल्ला अस्पताहरुमध्ये उत्कृष्ट मानिने इलाम अस्पतालमा दरबन्दी अनुसार जनशक्ति नभएकाले सरकारी अस्पतालप्रति अविश्वास बढ्दै गएको छ । पहाडी जिल्लामा नै दरबन्दी अनुसार जनशक्ति नभएको र विभागबाट समेत सरुवा हुने गरेकाले नेपाल सरकारको छात्रवृत्ति अन्तर्गतका डाक्टर समेत जिल्लामा बिरामीको चाप बढी हुने तर डाक्टर प्राथमिक स्वास्थ्य चौकीमा जानाले समेत समबन्धित निकाय गम्भिर नभएको देखिन्छ । नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ११ सय प्रकारका औषधी भएतापनि इलाम अस्पतालमा चार सय प्रकारका मात्र औषधी रहेको छ । विशेषज्ञ डाकटरको अभावसगैँ औषधी राखेर मात्र नचल्ने हुनाले विशेषज्ञ सेवा नपाएको र आषधीको समस्या हुने गरेको बिरामीको गुनासो रहेको अस्पतालले जनाएको छ । यस्तै ५० सैँयाको अस्पालमा दरबन्दी बढेतापनि आवास पुरानो शैलीको भएकाले डाक्टर बस्न समेत सुविधाजनक नभएको अस्पतालले जनाएको छ । आवासको समस्याले डाक्टरहरु अन्य ठाँउमा बस्नु परेकाले काममा आउन जान समेत समस्या हुने गरेको छ । यस्तो समस्याले सिङ्गो अस्पताललाई मात्र नभएर बिरामीको ज्यान तलमाथि पर्न सक्ने अवस्था छ । सम्बन्धित निकाय अस्पतालप्रति ध्यानाकर्षण नहुने हो भने सरकारी अस्पतालको महत्व दिनानुदिन घट्दै जाने छ ।