पाँचथर । वाल दिवशको अवशरमा शुक्रबार फिदिम–४, वेल्फेयर छेउमा रहेको वाल मन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक र स्कुल व्याग वितरण गरिएको छ ।

वाल दिवशका अवशरमा विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुगोस भन्ने उदेस्यले फिदिम नगरपालिकाले सो सामग्री वितरण गरेको हो । विद्यालयको कक्षा १–४ का ४५ जना छात्र–छात्रालाई ७० हजार बराबरको विद्यालय पोशाक र स्कुल व्याग वितरण गरेको नगरपालिकाले जनाएको छ । उक्त सामग्री नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ र फिदिम नपा–४, का वडा अध्यक्ष प्रकाश गुरुङ लगायतले वितरण गरेका थिए ।

कार्यक्रममा सामग्री वितरण गरेर सहयोग गर्ने फिदिम नगरपालिकालाई विद्यालयका प्रधानाध्यापक परु ढुंगाना र कार्यबाहक विद्यालय व्यवस्थापन समिति अध्यक्ष गीता गुरुङले धन्यवाद दिएका थिए । शुक्रबार जिल्लाका विभिन्न विद्यालयहरुले विविध कार्यक्रमको आयोजना गरी वाल दिवश मनाएका छन् ।