जबरजस्ती करणी समाजको विकराल समस्या बन्दै

किनमारिदै छन् पिडिताहरु?

रमेश पोखरेल

बिस्तारै बिस्तारै नेपाली समाज भित्र जकडिएर रहेको अपराध, जबरजस्ती करणीका घटनाहरु छापामा आउने क्रम बढ्दो छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २१९(२) मा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिइ करणी गरेमा वा मन्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भनि उल्लेख गरेको पाइन्छ । स्पस्टीकरण :— (क) करकाप अनुचित प्रभाव, डर, त्रास झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन । (ख) होस ठेगान नरहेको अवस्थामा लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन । (ग) गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबरजस्ती करणी गरेको मानिनेछ ।

यसरी प्राकृतिक मैथुन र अप्राकृतिक मैथुन २ भागमा बाडी विपरीत लिङ्गिसँगको सहमतिमा लिङ्ग र योनी बिचको सम्बन्धलाई प्राकृतिक मैथुन मानेको छ । यो प्राकृतिक मैथुनलाई पनि १८ वर्ष भन्दा कम उमेरको विपरीत लिङ्गिसँगको यौन सम्बन्ध सहमति मै भएपनि जबरजस्ती करणी कै रुपमा लिइएको अवस्था छ । गुदद्वार, मुखमा लिङ्ग पसाएमा, घर्षण गराएमा वा अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जवरजस्ती करणी गरेको मान्ने व्यबस्था गरेको छ । विवाहिता लोग्ने स्वास्नी विचको करणी लेनदेन आपसी सहमतिमा दुवैको मन्जुरीमा हुनपर्ने मान्यता पनि यस कानुनले स्थापित गर्न खोजेको छ । करणी लेनदेन दुवै पक्षको सहमतिमा हुनपर्ने मान्यताले पनि महिला पुरुषको (विवाहिता जोडी) सम्बन्ध सुमधुर हुने अपेक्षा कानुनले गरेको देखिन्छ ।

जबरजस्ती करणीमा जबरजस्ती करणी गर्ने व्यक्तिलाई हुने सजायलाई पिडिता महिलाको उमेर हेरी कैद गर्ने मान्यता स्थापित गरेको छ । यसको कारण भनेको जति उमेर कमकी महिला हुन्छिन जबरजस्ती करणीबाट शारिरीक क्षति उति बढी हुन्छ भन्ने मान्यता हो । मुलुकी अपराध (संहिता) ऐन २०७४ दफा २१९, ३ मा जबरजस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिती र महिलाको उमेर हेरी देहाय बमोजिम कैद हुनेछ :— (क) १० वर्षभन्दा कम उमेरकी बालिका भए १६ — २० वर्ष सम्म (ख) १० वर्ष वा सो भन्दा वढी १४ वर्ष भन्दा कम उमेरकी बालिका भए १४—१६ वर्ष सम्म (ग) १४ वर्ष वा सो भन्दा बढी १६ वर्ष भन्दा कम उमेरकी बालिका भए १२ —१४ वर्ष सम्म (घ) १६ वर्ष वा सो भन्दा माथि १८ वर्ष भन्दा कम उमेरकी भए १२ — १४ वर्ष सम्म (ङ) १८ वर्ष वा सो भन्दा बढी उमेरकी भए ७—१० वर्ष सम्म । त्यसैगरी दफा २१९ को उपदफा ४ ले वैवाहिक सम्बन्ध कायम रहेको अबस्थामा जबरजस्ती करणी गरेमा ५ वर्ष सम्म कैदको व्यबस्था गरेको छ । यसमा पतिसँग मानो छुट्टिइ अशं मुद्घा चलेको , पतिसँग अशं लिई छुट्टै बसेको , पतिसँग सम्बन्ध बिच्छेद मुद्घा चलेको महिलासँग पतिले गरेको करणी जवरजस्ती करणी को सजाय बमोजिम नै हुने मानेको छ । एच.आइ.भि संक्रमित वा सरुवा यौन रोग भएको व्यक्तिले जबरजस्ती करणीमा त्यस्तो कसुरदारलाई थप कैद र जरिवाना समेतको व्यवस्था यो ऐनले गरेको छ ।

यसरी नेपाली कानुनमा भएका यि व्यवस्था कमजोर छैनन् तथापी किन जवरजस्ती करणीका घटनाहरु बढी रहेका छन ? बलात्कारीलाई फासी दिनु पर्ने कानुनी व्यवस्था गर्न दवावमुलक आन्दोलन किन भइरहेका छन ? सामाजिक संजालमा सरकार विरुद्व, बलात्कारी विरुद्व नकरात्मक टिप्पणीहरु किन आइरहेका छन ? यि सोचनिय पक्ष छन । जबरजस्ती करणी व्यक्ति यौन उत्तेजनामा आएर होस गुमाएको तर यौन उत्तेजना शान्त पार्ने उत्कण्ठ इच्छा भएको अवस्थामा गर्ने कार्य हो । यति बेला कसुर गर्ने व्यक्तिले न परिणाम सोच्न सक्छ ? न अन्य केही कुरा? त्यसैले जवरजस्ती करणीमा कसुरदार त्यतिबेला मात्र सोच्न बुझ्न सक्ने अवस्थामा फर्किन्छ जतिबेला कि उस्ले यौन तृप्ती प्राप्त गरीसकेको हुन्छ ? वा उस्ले गर्न लागेको कार्यमा ठुलो अबरोध जोर बल लागि उ भाग्नु पर्ने अवस्था आउछ । हामीले कानुनमा सजायको मात्रा बढाउदा एकातर्फ अपराध घट्ने अपेक्षाराखिएको हुन्छ तर अर्को तर्फ अपराध गर्ने व्यक्ति त्यहि धेरै सजाय हुन्छ भन्ने डरले अपराधका सुचना तथा प्रमाणहरुलुकाउन ठुलो प्रयत्न गर्छ । जस्को फलस्वरुप एकान्तमा छ भने जवरजस्ती करणी गरिएकी महिलालाई मारीदिन्छ,, लाश लुकाउने छिपाउने प्रयत्न गर्छ । त्यसैले जवरजस्ती करणीका घटनामा पिडिताहरु मारिएका धेरै घटनाहरु छन् ।जवरजस्ती करणीका घटना बढ्नुमा वा हुनमा कानुनमा केही दोष होलान ,सरकारको अनुसन्धान गर्ने निकाय पनि थोरै दोषी होला । दोषीका भागीदारको कुरा गर्दै जाँदा हामी अभिभावकपनि दोषी छौ। हामीले कहिले,कसरी बलात्कार हुनबाट बच्ने ? भनेर आफना छोरी चेलीलाई सिकाएनौ । अनाधिकृत रुपमा घरमा आउने , आफु वा छोरी चेलीसँग नजिक हुन चाहनेहरु माथि निगरानी नराख्ने । घरमा वा काही एकान्त ठाउँमा कोही नभएका बखत कोही आए घर भित्र भए बाहिर सबैले देख्ने कौशी वा बरण्डामा बसेर कुराकानी गर्ने तथा एकान्त भए अलि मान्छे आवत जावत गर्ने बाटो तर्फ कुद्ने कोही व्यक्तिले शरीर छुन वा संवेदनशिल अंगमा हात पुर्याउदा तत्काल प्रतिवाद गर्ने , कराउने । मोबाइलमा शरुमै नजिकको प्रहरी कार्यलयको नम्बर सेभ गर्ने , शंका लाग्ने बित्तिकै तत्काल प्रहरीलाई फोन गर्ने जस्ता कार्य गर्न कहिल्यै सिकाएनौ । हामीले हाम्रा छोरा नातीलाई यौन उत्तेजना शान्त पार्न कसैलाई जवरजस्ती करणी गर्नुभन्दा बरु हस्तमैथुन गर्नु उपयुक्त हो भन्ने कहिल्यै सिकाएनौ ।

अहिले सामाजिक संजालमा युटयुव लगायतबाट अश्लिल कुराहरु हेर्ने , अश्लिल कुराहरु पढ्ने , नाङ्गो फोटोहरु आदानप्रदान गर्ने, त।मसिक भोजनका कारण, खानपानमा व्यवस्थापन नभएका कारण, साथीहरुको संगतका कारण, कुन कार्य गैहृ काननी हो वा अपराधिक हो ? त्यो गर्दा के सजाय हन्छ ? भन्ने ज्ञान पनि नभएका कारण यस्ता घटना घटाइ रहेका छन् । अन्त्यमा अपराधी मासेर हैन अपराधिक मनोवृति मासेर ,अरुलाई दोष लगाएर हैन आफै सतर्क र सक्षम भएमा जवरजस्ती करणीको घटनामा शिकार हँुइदैन । “प्रतिरक्षा र प्रतिकार जवरजस्ती करणीबाट बच्ने आधार” यो महिलाको हकमा हो । महिला अधिकरकर्मीहरुले जवरजस्ती करणीमा प्रतिकार गर्न ? सिकाउनु प¥यो । विद्यालय तहकै पाठ्यक्रममा नै यि जघन्य प्रकृतिका अपराधहरु र यिनीहरुमा हुने सजाय र यिनीहरु बाट बच्ने उपायहरुको बारेमा बिषय वस्तु समावेश गर्नु अनिवार्य छ ।

अधिवक्ता रमेश कुमार पोखरेल