रणवीर–दीपिकाको बिहे पक्का

ब्लाष्टखबर

फायलफाेटाे

काठमाडौं/ बलिउड अभिनेताहरू दीपिका पादुकोण र रणवीर सिंहको बिहेको चर्चा निकै लामो समयदेखि चलिआएको छ । समाचारहरूमा आएअनुसार, बिहे २० नोभेम्बरमा इटलीको लेक कोमोमा हुनेछ । बिहेका लागि तीन महिना बाँकी हुँदा दुवैजनाको परिवार सामान किन्न तथा अन्य तयारी गर्न व्यस्त छन् ।

बिहेभन्दा १० दिनअघि दीपिकाकी आमाले उजालाले ठूलो पूजा राखेकी छन् जसमा रणवीर र दीपिका दुवैले भाग लिनुपर्नेछ । यो पूजा दीपिकाको गृहनगर बेंगलुरुमा हुनेछ । नन्दी पूजामा उाजालाले एक मन्दिरका पुजारीसँग कुरा पनि गरेकी छन् । यो पूजा दुलाहा दुलहीका लागि अत्यन्त जरूरी रहेको बताइन्छ ।

दीपिका र रणवीर लामो समयदेखिका प्रेमी हुन् तर कसैले पनि खुलेर आफ्नो अफेयरको र भविष्यमा हुने बिहेको कुरा गरेका छैनन् । एकअर्काप्रतिको प्रेमलाई भने उनीहले अनेक अवसरमा प्रकट गरेका छन् ।

एजेन्सी