पानवारी । एभरेष्ट वाटर इण्डष्ट्रिज प्रालि इटहरीले उत्पादन गर्ने एभरेष्ट ब्राण्डको पानीको २० लिटरे जारमा किरा फेला परेको छ । धरान–९ स्थित आचार्य लाइनस्थित भान्जा मोबाइल सर्भिसले खरिद गरेको २० लिटरको एउटा जारमा किरा र अर्काे जारमा लेउ भेटिएको हो । मोबाइल सर्भिसका सञ्चालक सविन लम्सालले जारभित्र किरा र लेउ भएको बताए । उनले सुरक्षित र सफा भनेर महँगो मूल्य तिरेर आपूm र ग्राहकलाई खुवाउन किनेको जारमा नै किरा भेटिनु दुःखद् भएको बताए । एभरेष्ट वाटर इण्डष्ट्रिज प्रालिका सञ्चालक रामस्वरुप शर्माले धरानमा सुरक्षित खानेपानी वितरण गर्न फ्याक्ट्री सञ्चालनमा ल्याएको भन्दै आफूहरु गुणस्तरमा कुनै कमजोरी नरहेको दाबी गरे । उनले फ्याक्ट्रीमा काम गर्ने मजदुरलाई आफूले सधँै गुणस्तरमा ध्यान दिन निर्देशन दिने गरे पनि कर्मचारीका कमजोरीले गल्ती भएको हुनसक्ने बताए ।