वक्ता सङ्ख्या थोरै भएका संसारभरिका मातृभाषाहरू अवसानको सङ्घारमा छन् । सामाजिक व्यवहार र जीवन सञ्चालनका लागि मानव पुर्खाहरूले हजारौँ वर्षदेखि प्रयोग गर्दै ल्याएका यी भाषाहरू मानव सभ्यता र संस्कृतिकै द्योतक हुन् । त्यसैले संसारभरिका भाषाविद्हरू यिनको सङ्कटमा चिन्तित छन् र उनीहरू यी भाषाहरूको जगेर्ना र संरक्षणमा सबै सक्रिय हुनुपर्ने धारणा राखिरहेका छन् । कुनै पनि मातृभााषा सम्बन्धित समुदायसँग मात्र जोडिएको हुँदैन । त्यो भाषा विश्वकै सम्पदा हुन्छ किनभने कुनै पनि भाषा लोप भएमा विश्वकै भाषिक भण्डारबाट एउटा भाषा घट्नेछ । त्यसैले मातृभाषाहरूको संरक्षण र सम्बद्र्धन गर्नु आवश्यक छ । यसै चासो र चिन्ताका साथ गत जेठ २५ र २६ गते सुन्दर पहाडी जिल्ला पान्थर (पाँचथर) को फेदेन (फिदिम) मा प्रदेशस्तरीय बहुभाषिक साहित्यिक सङ्गोष्ठी भएको थियो । सङ्गोष्ठीमा प्रदेश नम्बर १ का विभिन्न जिल्लाबाट भाषाप्रेमी तथा साहित्यकर्मीहरू भेला भएका थिए । नेपाल प्रज्ञा–प्रतिष्ठानको सहयोगमा पाँचथरको पुरानो साहित्यिक संस्था नौलो साहित्यिक बिहान समाजले आयोजना गरेको सो सङ्गोष्ठीमा भाषा–साहित्य र संस्कृतिका विविध पक्षमा गम्भीर विमर्श भएका थिए ।

[caption id="attachment_88263" align="alignright" width="281"] लेखकः राजेश विद्राेही[/caption]

सङ्गोष्ठीको पहिलो दिन विभिन्न ६ वटा कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । प्रदेश १ मा बोलिने विभिन्न ६ वटा भाषा र ती भाषामा साहित्यको अवस्थाबारे कार्यपत्रहरू प्रस्तुत गरिएका थिए । प्रदेश १ मा नेपाली साहित्यको अवस्था र यसको भविष्यबारे स्रष्टा मिश्र वैजयन्तीको कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा उनी आफै भने उपस्थित थिइनन् । उनले आफ्नाे कार्यपत्रमा यस क्षेत्रको सङ्क्षिप्त साहित्यिक इतिहासको चर्चा गर्दै यसै क्षेत्रबाट सञ्चालित साहित्यिक आन्दोलनहरूबारे उल्लेख गरेकी छन् । उनको कार्यपत्रमा टिप्पणी गर्ने क्रममा कवि मुनाराज शेर्माले अब राष्ट्रिय मापदण्डलाई आत्मसात् गर्दै प्रदेशको स्थानीय आवश्यकताअनुसार पाठ्यक्रम निर्माण हुनुपर्ने विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि सगुन सुसाराले राई बान्तावा भाषा र यसको साहित्यको वर्तमान अवस्थाबारे चर्चा गरेका थिए । उनले जनजातीय भाषा र साहित्यको संरक्षणमा राज्यले सहयोग नगरेको बताउँदै आक्रोशपूर्ण भावमा प्रश्न गरेका थिए, ‘कि हामी नागरिक होइनौँ ?’ यो निकै गम्भीर प्रश्न हो । यो सुसाराको मात्र होइन, देशका उत्पीडित, उपेक्षित र राज्यको सहयोगबाट बञ्चित सबै भाषाभाषी र साहित्यप्रेमीहरूको साझा प्रश्न हो । राज्यले यसप्रति गम्भीर बन्नैपर्छ । यस्ता प्रश्नहरूप्रति राज्य बेलैमा संवेदनशील बन्न नसक्दा नै उत्पीडित र उपेक्षितहरू विद्रोही बन्न बाध्य हुन्छन् । जब आँशुको भाषा बुझिँदैन वा बुभ्mने कोशिस गरिँदैन, मानिसहरू आगोको भाषा बोल्न बाध्य हुन्छन् । त्यो अवस्था कुनै पनि अर्थमा सुखद् हुँदैन । देशले यस्तो अवस्था भोगिसकेको छ । परिणाम हामी सबैले देखिसकेका र भोगिसकेका छौँ । त्यसैले त्यस्तो अनपेक्षित अवस्थाको सिर्जना हुन नदिनु राज्यको दायित्व हो । यसका लागि राज्यले सबै भाषा–साहित्यप्रति समान व्यवहार गर्नुपर्छ । यस्तै लिम्बू भाषा–साहित्यबारे लक्ष्मी शेर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले लिम्बू भाषा र साहित्य समृद्ध भए पनि राज्यको असहयोग र उपेक्षाका कारण थप विकास गर्न नसकेको धारणा राखे । उनको कार्यपत्रमा अमर तुम्याहाङले टिप्पणी गरेका थिए । यस्तै तामाङ भाषा–साहित्यबारे जङ्ग तामाङ, मैथिली भाषा–साहित्यबारे शिवनारायण पण्डित ‘सिङ्गल’ र राजवंशी भाषा–साहित्यबारे इन्द्रसिंह राजवंशीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरू सबैले राज्यप्रति असन्तुष्टि व्यक्त गरेका थिए । सङ्गोष्ठीको पहिलो दिनको सत्रमा सहभागी अन्य स्रष्टाहरूले पनि भाषिक विमर्शमा भाग लिएका थिए । उनीहरूले अनेकतामा एकताको सौन्दर्य खोजेका थिए । वास्तवमा धार्मिक, सांस्कृतिक, भाषिक र जातीय विविधता नै हाम्रो देशको सौन्दर्य र सामथ्र्य दुवै हो । यी विविधताहरूबीचको एकता नै देशको शक्ति हो । देशभरि छरिएर रहेका अनेक संस्कृतिहरूको समष्टि नै राष्ट्रिय संस्कृति हो । यसलाई संरक्षण गर्नु राज्यसँगै हामी सबैको पनि दायित्व हो । सबै भाषा–साहित्य र संस्कृतिको संरक्षणका लागि अब प्रादेशिक एकेडेमी (प्रज्ञा–प्रतिष्ठान) स्थापना हुनुपर्ने माग त्यहाँ स्रष्टाहरूले उठाएका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल प्रज्ञा(प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पनि प्रादेशिक एकेडेमीको स्थापनामा जोड दिँदै यसका लागि सङ्घीय (केन्द्रीय) प्रतिष्ठानले पनि पहल गर्ने धारणा राखे । उनले अब भाषा–साहित्य र संस्कृतिको संरक्षणमा स्थानीय र प्रदेश सरकारले पहल गर्नुपर्ने विचार पनि प्रस्तुत गरे । हुन पनि राजधानीमा विराजमान सरकारलाई गाउँ–गाउँमा ल्याउनुको उद्देश्य पनि यही थियो । अब स्थानीय र प्रदेश सरकारले यो उद्देश्यलाई आत्मसात् गर्नु आवश्यक छ । उत्पीडित भाषिक तथा सांस्कृतिक समुदायले फेरि पनि उपेक्षाकै अनुभव गर्नुपरेमा देशमा भएको त्यत्रो उथलपुथल, हजारौँ नागरिकहरूको आत्मबलिदान र त्यसबाट स्थापित सङ्घात्मक गणतान्त्रिक व्यवस्थाको कुनै अर्थ हुने छैन । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ सदस्य तथा लोकप्रिय कवि एवम् गीतकार श्रवण मुकारुङ पनि सहभागी थिए । यो पहिलो दिनको सत्र निकै अर्थपूर्ण र फलदायी भएको थियो । आयोजक नौलो साहित्यिक बिहान समाजका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाका कवि प्रेम ओझाले सञ्चालन गरेका थिए । कार्यक्रममा याक्थुङ प्रज्ञा–प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जवेगू पनि सहभागी थिए । उनले देशका सबै भाषा–साहित्य र संस्कृतिप्रति राज्यले समान व्यवहार गर्नुपर्ने धारणा राखेका थिए । लिम्बू भाषा(साहित्यको विकासमा महŒवपूर्ण योगदान दिएको भन्दै सो अवसरमा स्रष्टाहरू धनहाङ सुब्बा र डिल्ली लिङ्दमलाई सम्मान पनि गरिएको थियो । लिम्बू समुदायमा प्रचलित केलाङ नृत्य र लिम्बू भाषाका गीतहरू पनि कार्यक्रमका बीच–बीचमा प्रस्तुत गरिएका थिए । यसैगरी कलाकार पूर्ण काम्बाङले पनि पटक–पटक पालाम गाएका थिए । यसरी लिम्बुवानको केन्द्रीय भूमि फिदिममा पालामको भाकामा भाषिक विमर्श गर्दै पहिलो दिनको सत्र सकिएको थियो । कार्यक्रम असाध्यै काव्यिक वातावरणमा सम्पन्न भएको थियो । सङ्गोष्ठीको दोस्रो दिन जेठ २६ गते बहुभाषिक कविगोष्ठी भएको थियो । युवाकवि मधु केरुङले रमाइलो ढङ्गले सञ्चालन गरेको गोष्ठीमा उपस्थित प्रदेश नम्बर १ का कविहरूले आ–आप्mनो मातृभाषामा कविता सुनाएका थिए । त्यहाँ बहुरङ्गी नेपाली समाज उपस्थित भएको थियो । सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य श्रवण मुकारुङले बजेटको अभावका कारण मातृभाषा र तिनका साहित्यको संरक्षण र प्रवद्र्धनमा अपेक्षित काम गर्न नसकेको बाध्यता सुनाए । उनले अबदेखि प्रतिष्ठानको नाम जोडिएको हरेक कविगोष्ठी बहुभाषिक हुने नीति लिइएको जानकारी गराउँदा गोष्ठीमा उपस्थित विभिन्न भाषाभाषी स्रष्टाहरूले उमङ्गित हुँदै ताली बजाएका थिए । रमाइलो त के भने प्रज्ञा(प्रतिष्ठानको सहयोगमा आयोजित कार्यक्रममा स्रष्टाहरूले प्रतिष्ठानकै आलोचना खुलेर गरे । लोकतन्त्रको सौन्दर्य पनि यही हो । प्रतिष्ठानले प्रकाशन गर्ने बहुमूल्य ग्रन्थहरू राजधानीका केही सम्भ्रान्त लेखकहरूले मात्र पढ्न पाउने, मोफसलका लेखक–पाठकहरूले पढ्न नपाउने भन्दै स्रष्टाहरूले चर्को आलोचना गरेका थिए । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पनि यो समस्यालाई स्वीकार गर्दै राजधानीबाहिर प्रतिष्ठानको आप्mनै बिक्री केन्द्र नभएको हुँदा यस्तो समस्या भएको प्रष्टीकरण दिएका थिए । वास्तवमा यो गम्भीर समस्या हो । प्रतिष्ठानले ठूलो रकम र स्रष्टाहरूको परिश्रम खर्च गरेर प्रकाशन गरेका थुप्रै पुस्तकहरू वर्षौंदेखि गोदाममा थन्किएर र कुहिएर बसेका छन् तर मोफसलका अधिकांश लेखक तथा पाठकहरूले चाहेर पनि पढ्न पाएका छैनन् । यो सरकारी रकमको दुरुपयोग हो, यसलाई हटाउनु आवश्यक छ । व्यवस्थापकीय कमजोरीका कारण यस्तो समस्या देखिएको हो । निजी क्षेत्रका प्रकाशनगृहहरूका पनि आप्mनै बिक्री केन्द्रहरू देशभरि छैनन् तर उनीहरूले कुशल बजार व्यवस्थापन गर्दै हरेक स्थानमा पुस्तक पु¥याएका छन् । प्रतिष्ठानले यसबाट सिक्नुपर्छ । प्रतिष्ठानबाट प्रकाशित उपयोगी बहुमूल्य पुस्तकहरू अध्ययन गर्ने अवसर मोफसलका पाठकहरूले पनि पाउनुपर्छ । सङ्गोष्ठीमा सहभागी हुन धरानबाट हामी तीनजना गएका थियौँ । कविद्वय राज माङ्लाक र सन्तोष थेबे तथा म थियौँ । फिदिमको तीनदिने बसाइको क्रममा त्यहाँको साहित्यिक वातावरणबारे केही बुभ्mने मौका पाइयो । साहित्यका लागि पाँचथर निकै उर्वर भूमि हो । वैरागी काइँला त्यहीँको माटोबाट उठेका शिखर हुन् । त्यहाँबाट थुप्रै काव्यिक आन्दोलनहरू शुरु भएका छन् । मधु केरुङ र विवश वनेमजस्ता नयाँ पुस्ताका भाइहरू पनि सक्रिय छन् । उनीहरू कवितामा बेग्लै प्रयोग गरिरहेका छन् । राज्यबाट भएको भाषिक र सांस्कृतिक दमनको विरोधमा उनीहरू कवितामार्पmत् आक्रोश पोखिरहेका छन् । यो आवाजलाई पनि विभिन्न तहका सरकारहरूले सुन्नुपर्छ । पाँचथर लिम्बुवानको केन्द्रीय भूमि पनि हो । म लिम्बू भाषा बुभ्mदिनँ तर मलाई यो भाषा काव्यिक लाग्छ । यसमा एक प्रकारको लय छ । त्यहाँबाट धेरै स्रष्टाहरूको उदय हुनु यसैको प्रभाव हो कि ? हामीले जेठ २४ गते अपराह्न नै फिदिमको माटोमा टेक्यौँ । त्यहाँका अग्रज स्रष्टा प्रेम ओझाले आयोजकका तर्पmबाट हामीलाई स्वागत गरे । एकै छिनमा मोरङ र उदयपुरका स्रष्टाहरू पनि आइपुगे । उत्तरवर्ती सोचका अभियन्ता तथा शक्तिशाली कविहरू भवानी तावा र सगुन सुसारा त्यहीँ भेटिए । उनीहरूसँग रमाइलो साहित्यिक भलाकुसारी भयो । धनकुटाका केजी सुब्बा पनि थपिए । यसरी स्रष्टाहरूको सुन्दर जमघट हुँदै थियो । कविद्वय भवानी तावा र सगुन सुसाराले आत्मीय माया दिए । फिदिममा याक्थुङ प्रज्ञा–प्रतिष्ठान निकै सक्रिय रहेछ । कवि मित्र राज माङ्लाकले भोलिपल्ट बिहान यसका कुलपति राजेन्द्रकुमार जवेगूसँग भेट गराए । अग्र्यानिक ‘ग्रिन टी’ र स्वादिलो पहाडी मकै(भटमास खाँदै स्रष्टाहरूबीच त्यहाँ रमाइला कुराकानी भए । लिम्बू भाषामा साहित्यका विभिन्न विधाका कृतिहरू लेख्ने जिम्मा याक्थुङ प्रज्ञा–प्रतिष्ठानले विभिन्न साहित्यकारलाई दिएको रहेछ । तीमध्ये ९–१० वटा कृति तयार भइसकेको र अरू तयार भइरहेको जानकारी कुलपतिले जवेगूले दिए । कतिपय कृतिहरू त प्रतिष्ठानले प्रकाशित नै गरिसकेको रहेछ । कवि राज माङ्लाकले बताएअनुसार प्रतिष्ठानले सहयोग जुटाएर नै पुस्तकहरू प्रकाशन गर्ने गरेको रहेछ । भाषा–साहित्यको विकासमा यो निकै राम्रो अभ्यास भइरहेको अनुभव भयो । यसबाट अन्य भाषा–साहित्यका अगुवाहरूले पनि पाठ सिक्नु आवश्यक छ । राज्यले गरेन भन्दै आपूm पनि हात बाँधेर बस्ने हो भने केही पनि हुँदैन । त्यसैले आप्mनो भाषा–साहित्यको विकासमा आपैmले पनि एकजुट भएर प्रयास गर्दा सार्थक परिणाम हात पर्ने निश्चित छ ।