तपाईंलाई थाइराइड हुनसक्छ, छालाको एलर्जी हुनसक्छ, आन्द्रा वा पेटसँग सम्बन्धित समस्या हुनसक्छ, मिर्गौलामा केही गडबडी हुनसक्छ । के कारण होला ? अहिले यसको एउटा कारण फेला परेको छ, ग्लुटेन । भनिन्छ, यसैको कारण शरीरमा अन्य जटिलता थपिने गरेको छ । जबकी हामीलाई यसबारे खास हेक्का छैन । सामान्य स्वाथ्य जाँचमा पनि यसबारे परीक्षण हुँदैन । त्यसैले ग्लुटेनको समस्या छ भन्ने कुरा थाहै नपाई त्यसले हाम्रो शरीरमा असर गरिसकेको हुन्छ । के कारणले यो समस्या हुन्छ त ?

ग्लुटेनको जड हामीले नियमितरुपमा गहुँको रोटी खाने गर्छौं । खान पनि स्वादिलो हुने र स्वस्थ हुने भएकोले गहुँको रोटी हाम्रो भान्छामा अक्सर बनिरहन्छ । यतिमात्रै होइन, हामीले गहुँको पिठोबाट बनेका अन्य धेरै परिकारहरु दैनिकरुपमा खाइरहेका हुन्छौं । खानाको दैनिक आधार मानिने अनाज गहुँमा कुनै घातक चिज मिसिएको हुन्छ भन्ने थाहा भएमा तपाई के गर्नुहुन्छ ? यदि अचानक डाक्टरले गहुँको रोटी नखान सल्लाह दिए भने पक्कै पनि तपाई आश्चर्यचकित हुनुहुनेछ । किनभने गहुँ धेरै मानिसले प्रयोग गर्ने अनाज हो । यसले २० प्रतिशतभन्दा धेरै ऊर्जा र पोषकतत्वको आपूर्ति गर्छ । शदियौंदेखि खाँदै आएको गहुँको रोटीमा यस्तो घातक कुरा के हुन्छ त ? खासमा यसमा हुने घातक पदार्थ भनेको ग्लुटेन नामक एक प्रकारको प्रोटिन हो । ग्लुटेन गहुँ, जौ, रायोमा पाइन्छ र यी अनाजबाट बन्ने सबै प्रकारका परिकारहरुमा ग्लुटेन हुन्छ ।

ग्लुटेन फ्रि खानेकुरा कसले खाने ? जुन अनाजमा ग्लुटेन प्रोटिन पाइँदैन, त्यसको आँटालाई मुछेर रोटी बनाउन कठिन हुन्छ । ग्लुटेन सेलिएक रोगबाट पीडित मानिसहरुको लागि धेरै नै खतरनाक हुन्छ । सेलिएक रोगबाट पीडित मानिसहरुले गहुँको रोटी खानाले ग्यास्ट्राइटिस, पेट दुख्ने, आन्द्रा सुन्निने, झाडापखाला, वान्ता, माइग्रेन र जोर्नीहरुको दुखाइजस्ता समस्या उत्पन्न हुन्छ । सेलिएक रोगले सिधै सानो आन्द्राको पाचनक्रियालाई प्रभावित गर्छ । चिकित्सकहरुकाअनुसार सेलिएक रोग एक उपचार गर्न नसकिने रोग हो जसबाट बच्नको लागि गहुँबाट बनेको खानेकुरा खान प्रतिबन्ध गर्नु नै एकमात्र उपाय हो । यसै कारण आजकाल बजारमा ग्लुटेन फ्रि आँटा पनि पाइन थालेको छ । जसलाई सेतो चामलको आँटा, आलुको स्टार्च, नुन आदि मिसाएर बनाइन्छ । चिकित्सकहरु सेलिएक रोग (गहुँबाट हुने रोग) बाट बच्न कालो चना, मकै, तिल, चामल, कोदो, भटमास, बदाम, ओखर, पेस्ता आदिबाट बनेका खानेकुराहरु खाने सल्लाह दिन्छन् । ग्लुटेन फ्रि खानेकुराले तपाईको सिस्टमबाट ग्लुटेन निकाल्न मद्धत गर्छ । यसले ग्लुटेनको कारणले हुने खालको नोक्सानबाट तपाईको सानो आन्द्रालाई आराम दिन्छ । तपाईमा सेलिएक रोगको कत्तिको समस्या छ त्यसको गम्भीरताअनुसार तपाईलाई ग्लुटेन फ्रि खानेकुराले राम्रो गर्न समय लाग्छ ।

सेलिएक रोग के हो ? यो एक वंशाणुगत रोग हो । यसबाट पीडित मानिसहरुलाई गहुँ, जौको पिठोमा पाइने ग्लुटेन नामक प्रोटिनबाट एलर्जी हुन्छ । यी चिजहरुबाट बन्ने पदार्थहरु पीडित मानिसहरुले पचाउन सक्दैनन् । ग्लुटेनबाट हुने एलर्जीले विशेषगरी आन्द्रालाई प्रभावित गर्छ । यो रोग मुख्यरुपमा बच्चाहरुमा हुन्छ । समयमा उपचार नगराएमा यो रोगले ठूलो भएपछि पनि सताइरहन्छ र गाह्रो बनाइन्छ । यसको मुख्य लक्षणमा पेट फुल्ने र बच्चाको विकास रोकिने रहेको छ । त्यस्तै एनिमिया, रिकेट्स, कद छोटो हुने र शरीर कमजोर हुने पनि यो रोगको लक्षण हुन सक्छ । रोग लामो समयसम्म पनि रहिरहेमा आन्द्राको क्यान्सर अर्थात् लिम्फोमाको खतरा हुन्छ ।

ग्लुटेन फ्रि खानेकुरा मात्रै खाने मानिसले भोग्ने समस्या ग्लुटेन भएका खोनकुराहरुबाट टाढा रहन सबैको लागि धेरै कठिन हुन्छ । खासगरी दुःख त्यतिखेर हुन्छ, जब तपाई कुनै पार्टी वा अन्य कुनै कार्यक्रममा हुनुहुन्छ । यस्तोमा ग्लुटेन फ्रि खानेकुरा खासै पाइँदैन । तपाई ग्लुटेनलाई लिएर सेन्सेटिभ हुनुहुन्छ भने तपाईको समस्या हामी बुझ्न सक्छौं ।

१. स्टोरमा ग्लुटेन फ्रि खानेकुरा रोज्न यस्ता मानिसहरुलाई स्टोरमा गएर ग्लुटेन फ्रि खानेकुरा खोज्न धेरै गाह्रो हुन्छ । यसको लागि हरेक चिजको लेबल ध्यान दिएर पढ्नुपर्छ । साँच्चै नै यो मुस्किल काम हो तर यो उनीहरुको बाध्यता हो ।

२. ग्लुटेनको बारेमा बुझाउन ग्लुटेन एक प्रोटिन हो जुन गहुँ, जौमा पाइन्छ भनेर धेरैलाई थाहा हुँदैन । ग्लुटेनप्रति संवेदनशील मानिसहरुले दैनिक कम्तीमा पनि १० जनालाई यस बारेमा बुझाउनु पर्छ ।

३. ग्लुटेन फ्रि खानेकुराले तौल कम हुन्छ भन्ने भ्रम ग्लुटेन फ्रि खानेकुरामा कम क्यालोरी हुन्छ भन्ने भ्रम धेरै मानिसहरुलाई हुन्छ तर, यो सत्य होइन । ग्लुटेन फ्रि खानाले तौल कम हुँदैन ।

४. ह्वाइट ब्रेड मन नपर्ने ह्वाइट ब्रेडमा ग्लुटेन हुन्छ । ग्लुटेन फ्रि ब्रेड अर्कै हुन्छ । र जब तपाईलाई मुखमा राखेपछि मात्रै थाहा हुन्छ र यतिबेला धेरै रिस उठ्छ ।

५. ग्लुटेन फ्रि खानेकुरा मात्रै पाइने रेष्टुरेन्ट खोज्न धेरैजसो रेष्टुरेन्टमा पाइने खानेकुराहरुमा ग्लुटेन हुन्छ । यस्तोमा ग्लुटेन फ्रि खानेकुरा पाइने ठाउँ भएमा तपाईलाई यस्तो ठाउँ मनपर्छ । किनभने यहाँ आफूले अर्डर गरेको खानामा ग्लुटेन छ कि छैन भनेर वेटरसँग सोध्नै पर्दैन । तर, यस्ता रेष्टुरेन्टहरु कमै भेटिन्छन् ।

६. सम्हालिएर खान जब तपाई आफ्नो साथीहरुसँग हुनुहुन्छ वा कुनै सामाजिक भेटघाटमा हुनुहुन्छ भने तपाईलाई पनि साथीहरुले जस्तै केही स्वादिलो परिकार खाने मन हुन्छ । तर, यस्तो बेलामा खानेकुरामा हुने ग्लुटेनको बारेमा सोच्नुपर्ने हुन्छ । तपाईले साथीहरुसँगै रमाइलो गर्दै केही खान चाहे पनि बाध्यताको कारण खान पाउनुहुन्न ।