विराटनगर । मोटसाइकल चोरी गर्ने मुख्य गिरोह सहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पेस्तोलसहित पक्राउ गरेको छ । प्रहरीले बेलबारी ७ घर भई केही समयदेखि इटहरी ९ मा डेरा गरि बस्दै आएका ३३ वर्षिय ‘संजय चौधरी’ भन्ने सुर्य नारायण चौधरी, सुन्दरहरैचा नगरपालिका २ का २० वर्षिय राज चौधरी र दुहवी २ का २७ वर्षिये मोहमद अलाउदीलाई बिहीबार पक्राउ गरेको हो ।

उनीहरु मध्धे चौधरीले बेलबारीस्थित घरमा लुकाई रहेको अवस्थामा ‘मेडियन यूएसए’ लेखेको एक थान पेस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली समेत बरामद गरिएको मोरङ प्रहरीका प्रमुख एसपी मनोज कुमार केसीले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट अवैध लागूऔषधसमेत बरामद गरेको छ ।

‘पक्राउ गरेका यो गिरोहले मोरङको विभिन्न स्थानमा अपराधिक गतिविधि गर्नुको साथै चोरी समेत गरेको प्रराम्भिक अनुसन्धानबाट खुल्यो,’ मोरङका एसपी केसीले भने, ‘उनीहरुको साथबाट मोटरसाईकलकोे मास्टर चाबी ३ थान र पेचकस बरामद भएको छ । मोटसाइकलको मास्टर चाबी उनीहरुले मोटसाइक चोरी गर्न प्रयोग गर्ने गरेको अनुसन्धानको क्रममा स्वीकार गरेका छन्,’ एसपी केसीले भने ।’

पक्राउ परेकाका मध्य राज चौधरीलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरीएको, सुर्य नारायण चौधरीलाई लागु औषध नियन्त्रण ऐन २०३३ र हात हतियार तथा खर खजाना ऐन २०१९ अन्तर्गत मुद्दा दर्ता गरीएको तथा मोहमद अलाउदीनलाई हात हतियार तथा खर खजाना ऐन २०१९ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको एसपी केसीले जानकारी दिए ।

पक्राउ परेको अभियुक्तहरु मध्धे चौधरीले यस अघि पनि बेलबारीमा केहि सार्वजनिक अपराध ऐन २०२७ अन्तर्गत कारवाही भएको थियो । प्रतिवादी चौधरी विगत लामो समय देखि बेलबारी, ईटहरी, दुहबी, बिराटनगर लाई आधार क्षेत्र बनाई आपराधिक संजाल बिस्तार गरी मोटरसाईकल चोरी, डकैती लगायतका बिभिन्न अपराधिक क्रियाकलापहरूमा संलग्न हुँदै आएको हुनसक्ने भएकोले तर्फ समेत विस्तृत अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।