रंगेली । जलवायु परिवर्तनले जलसुरक्षामा चुनौति बढेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । विराटनगरमा मंगलबार नेपाल बायोलोजिकल सोसाइटीले आयोजना गरेको कार्यक्रममा कृषी,पानी र जंगलमा जलवायु परिवर्तनले परेको असरको विषयमा छलफ भएको थियो । कार्यक्रममा समयमा वर्षा नहुने,अत्याधिक वर्षा हुने,जमिन मुनिको पानीको अत्याधिक दोहन लगायतको विषयमा छलफल भएको थियो । त्यसैगरी सहरीकरणले पानीको चक्रमा पारेको प्रभावको विषयमा अध्ययन गरीरहेका साउथ एसियन इन्स्टीच्युट अफ एडभास स्टडीका कौस्तुभ न्यौपानेले कार्यपत्र पस्तुत गरेका थिए । त्यसैगरी फ्यूचर हिमालय इन्स्टीच्युटका डा.मनिराज बन्जाडेले कृषी बनको उपयोगिताको विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्री जिवन घिमिरे,पुर्वाञ्चल विश्व विद्यालयका उपकुलपति डा.घनश्यामलाल दास,प्रध्यापक डा.शषिनाथ झा लागयतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।