राजारानी / भेडेटारदेखी नाम्चे हुँदै १९ किलोमिटर उत्तरपूर्व लागेपछि आउँछ धनकुटा चौबिसे गाउँपालिका– ६ मा पर्ने राजारानी । राजारानी आफैमा पर्यटकीय गन्तब्यको रुपमा परिचत छ । यहाँ रहेको राजारानी पोखरीसँगै  चिसो मौसम र प्राकृतिक बतावरणले गर्दा सधै जसो स्वदेशी र बिदेशी पर्यटकहरुको आर्षक थलो बनेको छ । तर, राजारानी चौकदेखी दक्षिणमा रहेको नागवेली पार्क र यस भित्र रहेको मनोरम दृश्य देखिने ‘काली’ झरनाको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको छ ।

यो पार्क २०७० सालमा निमार्ण भएको हो । यहाँ यति मनमोहक पार्क  छ भन्ने कमैलाई थाहा छ । पार्क भित्र २० रुपैयाँ तिरेपछि मनै लोभ्याउने मनमोहक काली झरना, नागबेली पार्कमा जोडी नागको कलात्मक मुर्ती देखी आर्षक फुलबारीको आन्नद लिन सकिन्छ । ‘जति प्रचार प्रसार हुनुपर्ने हो त्यही प्रचार भएको छैन,’ अध्यक्ष काजमान लिम्बुले भने, ‘अझै निमार्ण कार्यमा छौं ।’ उनका अनुसार यो पार्कमा अन्य बेलाको भन्दा शुक्रबार र शनिबार पर्यटकहरु धेरै आउने गरेका छन् । अझै निर्माण कार्य नसकिएकोले उति धेरै प्रचार प्रसार नगरेको तर चाँडै पार्कले पुर्णता पाउने र प्रचारप्रसार पनि हुने अध्यक्ष लिम्बुले बताए ।

धनकुटामै रहेको नमस्ते झरनालाई बिर्साउने खालको पार्क भित्र काली झरना रहेको छ ।  पार्क व्यवस्थापन समितिले झराना जाने बाटोलाई व्यवस्थीति र सुरक्षित बनाएको छ । ६० मिटर लामो झरनामा राजा र रानी पोखरीबाट निकास भएको पानीलाई संचित गरेपछि झरनामा आएको अध्यक्ष लिम्बुले जानकारी दिए । ‘१२ महिनामा झरना बगीरहन्छ,’ अध्यक्ष लिम्बुले भने, ‘पर्यटकलाई झरना जान सहज होस भनेर हामीले कंकिडको सिडी बनाएर बाटो खोलेका छौं ।’ जसले गर्दा मनोरम झरनामा पुगेर पर्यटकहरुले सहज रुपमा नियाल्न र फोटा खिच्न सक्नेछन् । पहिले यहाँ नागहरुको बसोवास थियो । यसैले उनीहरुकै सम्झनामा नागबेनी पार्क निर्माण गरिएको हो । यहाँ एउठा ठूलो ढुंगामा नागहरुको कलात्मक मुर्ति बनाएर उनिहरुको सम्झना गरिएको छ । जहाँ दैनिक सयौ पर्यटकहरु आउँछन् । सुन्दर बन क्षेत्रभित्र रहेको मनमोहक पार्कमा रहेको आर्कषक झरनाले यो पार्कलाई झनै मनमोहक बनाएको छ ।

स्थानिय तह र प्रदेश सरकारले यस पार्कको लागि बजेट बिनायोजन गरेकोले पार्क व्यवस्थापन समितिले चाँडै सेल्फी खिच्ने पार्क समेत बनाउने तयारीमा छन्  । उक्त पार्क  निर्माण भएपछि यसको आकर्षण थप बढेर जाने बताइएको छ । पार्क निमार्ण गर्न करिब २६ लाख खर्च भइसकेको अध्यक्ष लिम्बुले जानकारी दिए ।

कसरी पुग्ने राजारानी

धरान–धनकुटा सडक खण्ड अर्न्तगत भेडेटारदेखि लगभग १९ कि.मी नाम्चे हुँदै उत्तरपूर्वमा  पर्छ राजारानी । भेडेटारदेखि नाम्चेसम्म जाने बाटो सहज भए पनि त्यसदेखी उता जान बाटो अलिक जोखिमपूर्ण रहेको छ ।  ३/४ वटा डाँडा काटेर जानुपर्ने छ र वर्षामा बाटो हिलाम्मे  हुने गर्दछ । भेलेडारदेखी १९  कि.मी पार गर्न सवारी साधानमा मात्र १ घन्टा लाग्छ ।

सम्भावना

राजारानी सँगै नागबेली पार्कलाई पर्यटकीय स्थलको रुपमा विकास गराउनका लागि पर्याप्त सम्भावना रहेका छन् । राजारानी क्षेत्रको उचित व्यवस्थापन तथा होमस्टे सञ्चालन गर्न र यस क्षेत्रको व्यपाक रुपमा प्रचार प्रसार गर्न सके पर्यटकलाई थप आकर्षित गर्न सकिन्छ । यस क्षेत्रमा पुग्ने सडकको स्तर उन्नती गरी व्यवस्थीत गर्न सके भारतको विहार राज्यदेखीको पर्यटकहरु आउने थिए । खासगरि तराईबाट गर्मीको समयमा चिसो मौसममा सुन्दर ठाउँमा रमाउन चाहनेहरुकालागि राजारानीको नागबेनी पार्क रमणिय मात्र नभएर उपयोगी हुनसक्छ ।