धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–वडा नं.५ निङबारी टोलका कान्छाहाङ लिम्बूको घरमा आगलागी हुदाँ ९ लाख बराबरको क्षति भएको छ । शनिवार विहान ७.३० बजे घरमा काेही नभएको बेला चुल्होबाट दाउरा सुकाउने चाङ हुदै आगो सल्किए पछि तला माथि लागेको आगोले लिम्बूको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट लिम्बूको घरमा रहेको नगद २ लाख ५० हजार, ४ तोला सुन, १६ तोलाचाँदी, घरमा रहेको लत्ताकपडा, खाद्यान्न, भाँडाकुडा, २ थानमोवाईल, जस्तापाता, काठपात, विजुलीको मिटरबक्स लगायतका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको प्रहरी चौकी सिधुवाकाअसई भाष्कर गौतमले बताएका छन् । घर जलेर नष्ट हुदाँ करिब ९ लाखभन्दा बढीको क्षतिभएको प्रहरीले जनाएको छ । उज्यालोको समयमा आगलागी भएकाले मानवीय क्षति भने हुन नपाएको प्रहरीको भनाई छ । घरका सवै सदस्यहरु काममा गएको बेला भएको आगलागीको कारण भने खुल्न सकेको छैन । आगो चुल्हो घरभित्रको अगेनाको माथिको चाङ हुदै हावाले उडाएर आगलागी भएको हुन सक्ने प्रहरीले आंशका गरेको छ । घर जलेर पूर्ण रुपमा ध्वस्त भएपछि पीडित परिवार छिमेकीको शरणबाट बसेका छन् । अहिले सम्मकुनै पनि संघ संस्थाले पीडित परिवारलाई राहत नदिएको प्रहरीले बताएको छ । आगलागी पछि लिम्बूको ६ जनाको परिवार विचल्नीमा परेका छन् ।