[caption id="attachment_84517" align="aligncenter" width="960"] विराेधमा काेशी राजमार्ग अवरूद्ध गर्दै पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरू ।[/caption]

पानवारी । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानका विद्यार्थीहरुको आन्दोलनले सोमबार डेढ घण्टा कोशी राजमार्ग अवरुद्ध भएको छ ।

क्याम्पसका विद्यार्थीहरुले धरानमा टेम्पोले मनोमानी रुपमा भाडामा वृद्धि गरेको र क्यााम्पस अगाडी सार्वजनिक बसलाई रोक्न नदिइ टेम्पोले सिण्डिकेट चलाएको भन्दै आन्दोलन गरेका हुन् । विद्यार्थीहरुले यस अघि जेठ १८ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरान उपमहानगरपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय धरानमा आफ्ना माग राखेर ज्ञापन–पत्र बुझाएका थिए । त्यस्तै जेठ २१ गते शान्तिपूर्ण रुपमा क्याम्पस परिसरबाट ¥याली निकालेर बजार परिक्रमा गर्दै भानुचोकमा पुगेर कोणसभा गरेका थिए ।

आफ्ना माग अबपनि सम्बोधन नगरे बन्द हड्तालमा समेत उत्रने चेतवनी विद्यार्थीहरुले दिएका छन् । नेवि संघ पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस इकाइ समितिका सचिव पवन कार्कीका अनुसार शान्तिपूर्ण विरोधका कार्यक्रम अन्तर्गत अब सिडिओलाई ज्ञापन पत्र दिने र त्यसबाट पनि समस्या समाधान अनिश्चितकालिन धरान बन्दकोसम्म कार्यक्रम गरी आन्दोलनको घोषणा गर्ने तयारी भइरहेको छ ।