इटहरी । एक्सपोज नेपालले आयोजना गरेको मिस्टर नेपाल २०१८ को एक नम्वरको अडिसन इटहरीमा हुने भएको छ । सन् २००१ देखि शुरु भएको मिस्टर नेपाल प्रतियोगिताको ८ औँ संस्करणको अडिसन असार २३ गते इटहरीस्थित गङ्गा जमुना पार्टी प्यालेजमा अडिसन हुने एक्सपोज नेपालको सिइओ अर्चना थापाले जानकारी दिइन् । थापाका अनुसार प्रतियोगीको उचाइ ५ फिट १० इन्च हुनुपर्ने साथै १८ देखि २८ सम्मको उमेर अविवाहित हुनुपर्ने छ । यस वर्ष मिस्टर नेपालको टाइटल विजेताले ‘सुजुकी इन्टुडर’ मोटरसाइकल पाउनुको साथै विजेता तथा उपविजेताहरूले बिभिन्न स्पोन्सर उपहार जित्न सक्नेछन् । मिस्टर नेपालको उपाधि जित्नेले मिस्टर वल्र्डको प्रतिनिधित्व गर्ने छन् । अडिसनबाट छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, पब्लिक स्पिकिङलगायतका विषयमा दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने छ । यस प्रतियोगितामा हालसम्म नेपालबाट जीवन लुइँटेल, गौतम सुवेदी, डा. आयुष्मान घिमिरे, सुरेश गौली, गणेश अग्रवाल, रोहित थेवे, उज्ज्वल कार्की, सुमेश घिमिरे, सुरज सिलवाल लगायत विजेता भइसकेका छन् ।